छ कस्तो नबुझ्ने जमाना अनौठो
लगायौ कताको निशाना अनौठो

तिमी छौ अरु छैन कोही त मेरो
कहाँ हो बताऊँ ? ठेगाना अनौठो

हिजोका सबै याद दिलमा सजाई
लुकाऊँ हिया मा ती पाना अनौठो

तिमी छौ र बज्दैछ बाजा मधुर यो
कुनै तालमा बज्छ गाना अनौठो

कतै बैण्ड बाजा कतै ताल बाजा
कतै जिन्दगीको तराना अनौठो ।

 

सेन्ट लुइस, मिजौरी, अमेरिका