कमिज र टाँकको जस्तो सम्बन्ध भए
धागोले तुनेर जोडेर राख्थेँ
छायाँलाई छोपी तिमी रोकिने भए
मायाले तिम्रो छायालाई छोपी रोक्थेँ
सुँगाजस्तै पिँजडामा राख्न मिल्ने भए
मुटुको एक कुनामा तिमीलाई थुनेर राख्थेँ
ऊ बिना तिमी अपूरा भएजस्तै
तिमीबिना म पनि त अपुरो हुन्थेँ
ताराझैँ सारा देखिने भए
झ्यालैमा बसी तिमीलाई हेर्थें
पानीबिनाको माछा सम्भव भए
तिमी बिनाको जीवन सम्भव मान्थेँ
माटोमा कमलको फूल फुल्ने भए
अरु कोहीसँगै म फुल्न खोज्थेँ
हावाबिना तिम्रो अस्तित्व हुने भए
तिमी बिनाको मेरो अस्तित्व स्वीकार्थें
तिम्रो बुढेसकालको सहारा बनाउने भए
तिमीले टेक्ने त्यो हातको लट्ठी बन्दिन्थेँ
पानी परेपछि सुन्दर इन्द्रेणी लागेझैँ
आँशु झारेपछि तिमीलाई पाउने भए रुँदै बस्थेँ l
हालः जापान
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला