तिमीलाई पाउनु पर्दैन मलाई
तिमीलाई माया गर्न पाए पुग्छ
तिमीलाई नजिकिएर छुनु पर्दैन मलाई
तिमी कतै नजिक देख्न पाए पुग्छ
तिमी अर्कैको हौ सधैँ उसैको भैरहनु
म तिम्रै हु सधैँ तिम्रै भैरहन्छु
तिमीलाइ माया गर्छु, न तिमीलाई भन्छु न भन्नेछु
तिमीलाई थाहै नदिई माया गर्नु छ मलाई
आँखाको परेलीमा गाजल लाएको हेर्नु छ
अर्कैको सिन्दुरले सिउँदो सजाएको हेर्नु छ
आफैँले फोटो खिचिदिउँला नि माया
उसैले तिम्रो गालामा चुम्बन खाएको हेर्नु छ
तिमीलाई माया गर्न पाए पुग्छ
यतै कतै नजिक पर्न पाए पुग्छ
यदि कतै टाढा गएछौ भने पनि
तिम्रै ठाउँमा बसाइँ सर्न पाए पुग्छ ।
हालः जापान
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला