आशले बाँचिएको छ

सासले बचाएको छ!

बाँच्नु ठूलो कि बचाउनु ठूलो?

 

जहाँ थकित हृदयहरूले आफ्नो दृष्टि गुमाए

त्यहाँ एउटा झिल्का फुल्छ, सानो आशाको दियो चम्किन्छ!

सास रहँदासम्म आश हुन्छ

आश रहँदासम्म सास हुन्छ

आश ठूलो कि सास ठूलो?

 

आशले हाम्रो आत्माको क्यानभास रङ्गाउँछ

आशाले हामीलाई आकासमा उडाउँछ

आश उडेको जहाजको इन्धन जस्तै  हो

जब आशाको इन्धन सकिएर भुइँमा खस्न थाल्छ

त्यहाँ अर्को आशले वायुमण्डलमा रोकिराक्छ

 

यो बाँच्ने अद्भुत आधार र उपहार

आकाशमा उडेको कुहिरो फुसुफुसाएजस्तै

हावामा सपनाहरू फुसफुसाउँछ

यो सृष्टिले जिउन दिएको मात्र आश हो

सास त केबल आशको भरोसा हो !

 

 

 

गुल्मी

हालः जापान