विवेक श्रेष्ठ
यदि हँसिलो मुहार पछाडि लुकिरहेका आँसु देखिने भए
यहाँ हाँसोको मोल कम हुने थियो होला
यदि विश्वास पछाडिको विश्वासघात देखिने भए
यहाँ आँखा बन्द गरेर विश्वास गर्नेको कमी हुन्थ्यो होला
यदि दर्शाइएका सत्य पछाडिका झुट देखिने भए
यहाँ सत्यको जीत कम हुने थियो होला
यदि भगवान् रूपी अनुहारका पछाडि छोपिएका दानवरुप देखिने भए
यहाँ भगवान् माथिको आस्था हराउने थियो होला
यदि मिलन पछाडिको विछोड देखिने भए
यहाँ मिलनका आशा धमिलिने थियो होला
यदि माया पछाडिका छल देखिने भए
यहाँ मायाको मोल हराउने थियो होला ।
बेलबारी, मोरङ
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला