जगन्नाथ पौडेल

आकाशजस्तै गहिरो लाग्ने
घामजस्तै चम्किलो देखिने
विश्वास बोकेर
म उनको मायाको बजारमा ओर्लेँ
हेरेँ
उनी त
खूब माहिर रहिछन्
साग बेच्दिरहिछन् र
सुखका झुम्का किन्दिरहिछिन्
काउली बेच्दिरहिछन् र
उन्मुक्तिका पाउजु कमाउँदिरहिछिन्
सिमी बेच्दिरहिछिन् र
सुन्दरताका टिकी लगाउँदिरहिछिन्
देखेँ
दूध मिसाएर तिर्खामा
पानी पनि बेच्दिरहिछिन्
आखिर
सबै ग्राहकमा मेरै रूप पो देख्दिरहिछिन् !