
सुशील नेपाल
कसैलाई तीनओटा एक्का,
कसैलाई दुक्की जुट
कसैलाई डवल रन,
कसैलाई सिंगल रन,
कसैलाई गुलाम बढी,
थरी थरीको चातुर्यमा,
थरी थरीको चाल,
हो, ठिक्कै सुन्नु भो हजुरले,
जुवाको खाल हो जिन्दगी !
एक हात पर्छ,
दस हात सोत्तर,
सोरेर राखेको नोटको थुप्रो
सरेर जान्छ यता उता
अगल बगल,
कहिले वादशाह टप प्याक,
कहिले गुलाम बढीले नै झ्वाम्म
थरी थरीको चातुर्यमा
थरी थरीको चाल
हो, ठिक्कै सुन्नु भो हजुरले,
जुवाको खाल हो जिन्दगी !
कहिले क्षणिक जीतको आनन्द
कहिले मिडप्याकको निराशा,
कहिले साइड शो,
प्राय व्लाईन्ड शो को कौतुहल,
कहिले नहल टप त कहिले गुलाम जुट
प्राय लुटिएर घर जानु पर्ने,
रितो खल्ती लुत्त बाहिर झुण्डाउँदै,
थरी थरीको चातुर्यमा
थरी थरीको चाल
हो ठिक्कै सुन्नु भो हजुरले
जुवाको खाल हो जिन्दगी !



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२२ कार्तिक २०८२, शनिबार 








