तरङ्गित छु म, मेरा समयका उत्सवहरूमा
हराएकी छु म आफ्नै मनका अनुरागहरूमा
कहाँँ खोज्दै छौ मलाई
म त घुलेकी छु किरणहरूमा
तिम्रै जीवनका रङ्गहरूमा….
कतिकति आँखाहरू छन् जिन्दगीका
हेर्याै भने देख्न सक्छौ मलाई
म त्यही कतै छु आँसुका दहहरूमा
तिमीभित्र नै अविरल मुस्कुराइरहने
हृदयका तीव्र धडकनहरूमा
जहाँँ जहाँँ हुन्छौ तिमी
स्पर्श गरेर रहरका बीजहरू
म र मेरा शुभेच्छाहरू बनेर बुकीफूल
बटुल्नेछन् असीम सम्भावनाका आकारहरू
र
रमाउनेछन् प्रफुल्लित भई
तिम्रै खुसीका हरेक केस्राहरूमा
यस्तो लाग्छ अब त ति
तिम्रै रङ्गमा रङ्गिएँ कि म
मेरो आफ्नै रङ्ग नै कहाँँ थियो र !
र कहाँँ थिएँ र
म विभिन्न रङ्गका रुपहरूमा
किनकि
घुलेकी छु अहिले त म तिम्रै प्रिय रङ्गहरूमा
र त
भुलेकी छु दुनियाँका अरू सारा रङ्गहरू !
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला