ऋषव देव घिमिरे

तिमी एक थान निस्कलङ्क हात देऊ
म तिमीलाई लेख्न सिकाउँछु कविता
तिमीले लेख्न जान्यौ भने
कविताले सिकाउँछ
घर समाज र देश चलाउने कला

कविता लेख्न पढ्न र बुझ्न जानेपछि
उठने छ तिम्रो अगाडि कलम
कलमले बनाउन थाल्नेछ
आमा देश र स्वयं तिम्रो सुन्दर अनुहार

कविता लेख्न सक्ने भएपछि
देश बर्बादीको निर्णय गर्न
काप्ने छ तिम्रो हात
शिथिल औलाले लेखेको कविताले
चिसा ओठहरू तताउने छन
कविताले मुस्काउन भर्नेछ
घाम-छायामा ढलेका मानिसमा नयाँ संचार
त्यसैले तिमी कविता लेख र
सर्वगुणले सम्पन्न बन

कविता लेख्ने हातले घात गर्दैनन्
बलात्कार गर्न सकसकाउदैनन् हत्केला
कविता लेखेपछि
तिमी कवि हुनेछौं
र अहिले शासकलाई जस्तो
सराप्ने छैनन् जनताले
त्यसैले तिमी कवि बन
र लेख कसैबाट पनि श्राप नखाने कविता ।

 ललितपुर,गोदावरी