ढाकामोहन बराल

बिहान एकैपटक घरबाट निस्केका उनीहरू
घामले पाकेर,
झरीमा रुझेर र जाडाले कठाङ्ग्रिएर
साँझमा एकैचोटी पस्छन्
घरभित्र
थाकेको शरिर बोकेर

उसको जुत्ताको तलुवा फाटछ्,
उनको चप्पलको फिता चुँडिन्छ
तर पनि न त उसले केही भेट्छ
न उनले कोही पाउँछन् ।

बोतलहरू र बिर्काहरू नमिलेजस्तो
बोतल भेटिए बिर्को मिल्दैन
बिर्को खोजे बोतल पाइँदैन ।
यसरी उनीहरूको जिन्दगी
खोजीमा बितेको छ

उनीहरू अर्थात् ‘बाबु र छोरा’
बाबु निस्कन्छन्
हरेक बिहान खेतालाको खोजीमा
छोरो निस्कन्छ जागिरको खोजीमा
चलिरहन्छ प्रकिया निरन्तर-निरन्तर ।

 

 पोखरा ७ मासबार, कास्की