१.
हार जित याे जिन्दगी बँचाऔँ र बाँचाैँ ।
अमूल्य छ है सँस्कृती, रचाऔँ र रचाैँ।

ढाेल डमरु, नाचकाेर, भाषा, कला,
याे हाे हाम्राे सान, सचाऔँ र साँचौँ ।

२.
भाषा बिर्सियो भने मरेजस्ताे हुन्छ हजुर ।
खाल्डाे खनी भुँईँमा गरेजस्ताे हुन्छ हजुर ।

पाप मात्र हाेइन हजुर श्राप पनि लाग्छ,
जानाैँ हामी सबै सरेजस्ताे हुन्छ हजुर ।

३.
पेटका लागि गर्नुपर्ने काम किन फरक-फरक?
कमाउने र पचाउने दाम किन फरक-फरक ?

काेही घाेटिन्छन् रिक्सामा, काेही जिम धाउँछन्,
पेटका लागि बाेलाउने नाम किन फरक-फरक ?

कैलारी गाउँपालिका-५,
बैजपुर (कैलाली)