किशन पौडेल

१.
अकूत धन
नाङ्गै छ तन
दरिद्र मन !

२.
हृदय छुन
धेरै कठिन
सरल हुन ।

३.
तर्कियो झन्
बैगुनी माया
चर्कियो मन !

४.
सत्ताको खेल
जोडेर कुम
गर्छन् झेल !

५.
तितो र मिठो
खुसीले खाऊ
कर्मको पिठो !

६.
तप्प तर्कियो
आँसुको थोपा
मन फर्कियो !

७.
भाग्यको खेल
काखा र पाखा
हुँदैन झेल !

८.
तोडेर गए
नाता सम्बन्ध
निस्ठुरी भए !

९.
सत्ताको खाल
बुझ्नै कठिन
शकुनि चाल !

१०.
भरियो गह
तप्कियो आँसु
दुःखको बह !

११.
भमरा बस्छ
फूलको बैँस
ओइली झर्छ ।

१२.
आधुनिकता
गुमेको साख
हाम्रो सभ्यता !

१३.
घर सल्काई
छोडेर गयौँ
मन जलाई !

१४.
एकान्त रात
भिज्यो सिरानी
उसैको याद !
°°

हेटौँडा