सम्बन्ध होस त
गुलाफ फूलको रङ जस्तो
फूल झर्छ, मर्छ
तर कहिल्यै फिक्का हुँदैन।
होस्, त्यसको स्वभाव उखु जस्तो,
समय लियोस्, बूढो होस्
तर अझ गुलियो होस्।
बलियोमा बाँसजस्तो
झुक्न सकोस् तर टुट्न नजानोस्
अनि पो त
प्रेमले सगरमाथा नचढेरै
चन्द्रमा नटेकेरै
देख्न सक्ने छ सम्बन्धमा स्वर्ग ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला