कविताः भगवानको मन

=========
मान्छेहरु सोच्दा हुन्~
‘भगवानलाई फूल मन पर्छ’
‘भगवानलाई दुध मन पर्छ’
‘भगवानलाई लड्डु मन पर्छ’
अझ सोच्दा हुन्-

‘भगवानलाई रगतसमेत मन पर्छ’
तर भगवानलाई भने
मान्छेहरुले पूजा गर्ने तरिका नै मन परेको छैन ।
भर्खरै भमरासंग पिरती गाँसेर
मुस्कुराउन सिक्दैथियो एउटा फूल
त्यति सुन्दर फूललाई
जवानीमै घाँटी निमोठेर आँफुलाई
भगवानलाई कतिपनि मन परेको छैन ।
बरु
कुनै बच्चाले आफ्नो आत्मा भिजा
जस्ले जन्मिँदै आमा गुमायो !
गाईको दुधले आँफुलाई नुहाईदिएको
भगवानलाई पटक्कै मन परेको छैन ।
भगवान त केवल शान्ति चाहन्थे
अहिँसा चाहन्थे
मान्छे र पशुपंक्षीबिचको सुमधुर
तर
आफ्नो नाममा पशुपंक्षीको बली चढा
भगवानलाई फिटिक्कै मन परेको छैन
मान्छेको सृष्टि गर्दा बनाएथे के
महिला र पुरुष !
फेरी कस्ले तौलियो ठुलो जात र सा
कस्ले भर्याङ् हाल्यो
तल्लो जात र माथिल्लो जात छुट्
को हो त्यो महात्मा ?
जस्ले सीमा तोक्यो मन्दिर पस्न
मान्छेले मान्छेलाईनै भेदभाव गरे
भगवानलाई पटक्कै मन परेको छैन ।
बरु घण्टी बजाइदिउँ—
भगवान सबेरै उठ्नेछन्
शंख फुकीदिउँ—
भगवानका कान चनाखो हुनेछन्
र हाम्रा मागहरु ध्यान दिएर सु
अगरबत्ती जलाईदिउँ—
भगवानलाई सुगन्ध मन पर्छ ।
भगवानले आकास देख्न नपाउनुभएको
कति भयो कति !
घाम अस्ताएको
चराहरु उडेको
झरना झरेको
र
झरी परेको नहेरेको युगौँ युग भयो ।
मन्दिर आउँने भक्तजनहरुको मन
मन्दिर बाहिरसमेत उत्तिकै पबित्
के मन्दिर आएर माग्नेजति सबै कु
भक्तहरुलाई आवश्यक छ त ?
भगवानलाई जाँच्न मन थियो !
तर कसरी ?
दिनभर भगवानलाई रुँघेर पुजारी ब
राती फलामे ढोकामा बडेमानको ता
त्यसैले
आजकल भगवान मान्छेहरुसंग आजित छ
अँ साँच्ची !
मान्छेहरु भगवानका लागि
मन्दिर बनाउँछन् कि कारागार ??