बोल्न त बाटोमा भेटिएको मान्छे पनि बोल्छ
बस कुर्दै गरेको मान्छे पनि बोल्छ
आफ्नै सिटको आडमा बसेको मान्छे पनि बोल्छ
भोट माग्दै आएको उम्मेदवार पनि बोल्छ।
बोल्नु मात्रै ठुलो त कहाँ हो र !
यहाँ धेरै मान्छेहरू बोलेर पनि
आफ्नो हुन सक्दैनन् ।
वर्षौँदेखि तिमीसँग नबोलेर पनि
तिमी आफ्नै भएकी छौ ।
बोल्नु मात्रै कहाँ आफ्नो हुनु हो र ?
सत्य यही हो
तिमीसँग नबोलेरै भएको प्रेम
नभेटेरै भएको आत्मीयता
आज मेरो प्राप्ति भएको छ ।
तिमी खुसी छौ अनि म पनि खुसी छु ।
हामी दुवैलाई थाहा छ
पृथ्वी एउटै छ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२९ माघ २०८२, बिहीबार 









