बाटोलाई सोधेँ
खुसी छौ
रगत बगेको छ।
खाल्टाखुल्टी मासुको
चोक्टाले पुरिएको छ।
लतपत शरीर
च्यातिएका कपडा
गोलीले पोलिरहेको छ।
फेरि पनि खुसी छु
नयाँ इतिहास कोरिएको छ।
ममाथि उडेको धुवाँ
मेरै गन्तव्य रोक्छ।
जलेका ती छिन्न-भिन्न
कुरुप आकारहरू जिस्क्याउँछन्।
म जिस्क्याइरहेको छु
धुवाँले पोल्दा पनि
आँखा बन्द नगरी हेरेको छु।
फेरि पनि म खुसी छु
देख्छु आँखाले नयाँ युग।
धुवाँ आकाशतिर उडे पनि
खरानीले दबेको छु।
म बाटो मसानघाट भएर
यात्री आउन डराउने भएको छु।
उकुसमुकुस हुँदा पनि
म खुसी नै छु।
नयाँ गन्तव्यको खोजीमा
जल्न परे पनि
उज्यालोको किरण देखेको छु।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२८ जेष्ठ २०८३, बिहीबार 









