म हुँ धेरै ठूलो नेता
सबैले सोझो ठानेको नेता
सबैले चिनेजानेको नेता
सबैतिर हिनेजानेको नेता
सबैले किनेको नेता
सबैले खाने ठानेको नेता
सबैले मानेको नेता
सबैले तानेको नेता
एक दुई झापु
कसैले हानेको नेता
फुस्क्यो आज कसिलो फिता
लिए मैले हातैमा जुत्ता
भए अहिले न यता न उता
तर म हुँ
धेरै ठूलो नेता
म बारम्बार देश हाँकेको नेता
आफ्नैसँग कसम खाँदै
भगवान् पुकारेर
तामा तुल्सी भाकेको नेता
देशै भर दौडिदै
विकाश गरी थाकेको नेता
के भयो र खास त्यता ?
न सोध्नु होला है मलाई
केही समय यता
म हुँ ठूला घरको मुला नेता
मेरै कुरा काट्तै होलान् सबैले
लौ हेर त त्यता
ऊ चोरजस्तै हाम्रो प्यारो लाजनेता
तर खासमा भन्नु पर्दा
म हुँ धेरै ठूलो नेता
आकाशमाथि उडेर डुल्दै
चल्ला टिप्ने वाज जस्तै भुल्दै
शिकार खोज्दै हिंड्ने
निर्दोषीलाई अचानोमाथि
पाडा सम्झेर गिँड्ने
लखर लखर भोट माग्न
गाउँशहर हिँड्ने
म हुँ धेरै ठूलो राजनेता
म हुँ धेरै ठूलो बाज नेता
कसले भन्छ म होइन
यो देशको लाज नेता ?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१५ कार्तिक २०८२, शनिबार 









