क्रान्ति शब्द होइन
याे त आगाे हाे
परिवर्तनकाे ज्वाला हाे
स्मृतिका छालहरूमा
छुट्टै उभार ल्याउने
क्रान्ति न्यायकाे सार हाे
विद्राेह मात्रै हाेइन
याे त नयाँ बिहानीकाे आधार हाे
जहाँ अँध्याराे छ
त्यहाँ उज्यालाेकाे संघर्ष छ
जहाँ अन्याय छ
त्यहाँ न्यायकाे प्रतिज्ञा हुन्छ
क्रान्ति सामन्तकाे जग फ्याँक्ने
समानताको बीउ राेप्ने
स्वतन्त्रताको खेत हाे
जहाँ हजारौँ हलीहरूले
आफ्नै स्वभिमानकाे खेत जाेत्न पाउँछन्
क्रान्ति डरकाे मौनता होइन
याे त परिवर्तनको आवाज हो
जहाँ समानताको सपना छ
इमानको खोजी छ
क्रान्ति
विद्रोहको राँको मात्र होइन
परिवर्तनको लागि
ज्वालामुखी हो
आफैँबाट परिवर्तन गर्नु छ
आफ्नै विचार शुद्ध बनाएर
लड्नु छ परिवर्तनको लागि
पौँठेजोरी खेलाएर
धर्तिलाई हराभरा बनाउनु पर्छ
श्रमका दानाहरूले
त्यहाँ छन् समताका आवाजहरू
केवल बोलीमा होइन
व्यवहारमा हुनुपर्छ
क्रान्ति संगीतको धार मात्र होइन
यो त एउटा संकल्पको आधार हो
जहाँ अन्धकारलाई उज्यालोले
चिर्न सक्छ
त्यहाँ बिहानीको लाली किरणले
धर्तिलाई सिंचित गर्छ
त्यसैले एउटा आवाज बुलन्द गर्नैपर्छ
परिवर्तन आफैँबाट सम्भव छ
नयाँ बिहानी खोज्न
आफैँभित्र उज्यालो बाल्न सक्नुपर्छ
त्यसैले क्रान्तिको राँको बाल्ने मात्र होइन
आफैँ जल्न सक्नुपर्छ ।
साल्पासिलिछो, भोजपुर ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१३ कार्तिक २०८२, बिहीबार 










