कस्तो लेख्यो भाग्य मेरो विधाताले आज
एक्लो भइरहेछु म आफन्तहरू माझ
साथ छुट्यो बाआमाको बाल उमेर हुँदा
यादले आँशु टप्प खस्थ्यो रातभरि रुँदा रुँदा

अभागी बनाई मलाई किन पठायौ संसारमा
दोष मेरो के थियो फसायौ जञ्जालमा
एक्लो भई जीवन म कसरी काटौँला
आफन्त सबै टाढा भए माया कोसँग बाँडौला

हेला भई बाँचिरहे आफ्नो भाग्य सम्झेर
अनाथ भन्दा दुख्थ्यो मन भित्री घाउ बल्झेर
दैवले रचेको सृष्टिदेखि दुःख मात्र पाएँ
अभागी भई संसारमा आफन्तहरू गुमाएँ ।

कालापहाड
मणिपुर, भारत