छोडी हिँड्दा मायाले आत्महत्या गर्छौ कसरी
दुई मुटुकाे सहारा हौँ तिमी भुल्छौ कसरी ।
दुःख सहेका त्यी मुहार एकपल्ट हेर
ति बा-आमाकाे आशा तिमी मर्छौ कसरी ।।

हारेर बाँच्नु जिन्दगीकाे एउटा पन्ना रहेछ
हार खाएर डिप्रेसनमा तिमी जान्छौ कसरी ।
अगी बड मनलाई बुझाएर युवा हौ तिमी
मन मारेर यो शरीर तिमी त्याग्छौ कसरी ।।

बा- आमाका आँशुको थोपा मात्र बग्दो रहेछ
पाउँदैनौँ केही तिमी प्राण त्यागेर यसरी ।
सकारात्मक सोचेर बिताउ आफनो जिन्दगी
युवा भएर आत्महत्या तिमी गर्छौ कसरी ।।

निराशा जीवनको पाइलाहरूमा भेट्नेछौ
वीर गोर्खा भइ हार तिमी मान्छौ कसरी ।
युवा हौ तिमी चट्टान सरी उभिएर हेर
राष्ट्रको शक्ति तिमी आत्महत्या गर्छौ कसरी ।।

कालापहाड़ , मणिपुर