मन, मनसँग छुट्टिएर कहाँसम्म जान सक्छ ?
मुस्कान बिना कोही खुशी हुन सक्छ ?
नदी बगरसँग अथाह प्रेम हुँदा हुँदै पनि नबगी अडिग रहन सक्छ ?
अरूको खुशीको लागि छुट्टिंदा किन सोचेनौ,
तिमी अरूको खुशीको लागि मसँग जोडिएको नै थिएनौ,
के समाजको दायराको लागि तिम्रो मन म विना रम्न सक्छ ?
भन प्रिय, भन, मन, मनसँग छुट्टिएर कहाँसम्म जान सक्छ ?
बालापनको चञ्चलताले नै कोरी सकेका प्रेमका तस्विर हेर यी आँखामा प्रस्टै देखिन्छन् ।
के तिम्रो यो समाजले मेटाउने साहस राख्न सक्छ?
म मान्छु प्रिय, मान्छु म, हाम्रो सम्बन्धको डोरी समाज नामको छुराले काट्न खोज्ला,
नसके जलाउन लागी पर्ला ।
तर के तिम्रो समाज मेरा यी बदमास मनको चाहाना मार्न सक्छ ?
मात्र तिमीलाई खोजिरहने मेरा मनका तलासलाई तिम्रो समाजले बाँध्न सक्छ ?
सक्छ बोलाऊ बाँध्न लाऊ
फलामको डोरीले बाँध्न लाऊ
अनि म फेरि सोध्छु
तिम्रो मायामा लागेका मेरा छातीका दाग के ले मेट्न सक्न
तिमीलाई स्पर्श सम्म नगरी पलाएका मायालाई के ले मार्न सक्छ
तिमी सँग सजाएका मेरो सपनाको हत्याराको अभियोगमा के
तिम्रो समाजले सजाय भोग्न सक्छ ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।