म खोज्दै थिए
भर्खर उदाएका सुर्यका बिम्बहरूलाई
तिमीलाई आकाशमा घुम्न नपाउदै
हजारौं बादलहरूले छोपिदिए
र बर्षायौ अनेकौं आक्रोशहरू
हेर त मेरो सहर ,
तिम्रै आँसुको बर्षाहरूले
निथ्रुकै भिजेका छन् हरेक दिन,रात
कहिल्यै नसुक्ने गरेर ,
बगाएका छन् अनेकौं सपना
पहिरिएका छन् कयौं संरचना
कुनै उद्धार हुनै नसक्ने गरि..!
त्रिपुरासुन्दरी-०२,धादिङ
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला