के हामीमा मानवता हराएकै हो ?
समाजमा के अब मानव, मानव नरहेकै हो?
अरुको दुःखमा हाँसेर मज्जा लिने
के यो हाम्रो मानवता हो ?
कि मानवतामा चुकेको मानिस हौँ हामी ??
कोही त्यहाँ भुइँमा मृत्युको
अन्तिम घडीमा तड्पिरहेको हुन्छ
तर हाम्रो मानवता
उसलाई सेवा गर्नु
मृत्युको मुखबाट बचाउनुको सट्टा
उस्को अगाडि क्यामेरा तेर्साउनु हो?
अन्तिम घडीमा रहेको मानिसको
भिडियो खिचेर विभिन्न सामाजिक सञ्जालमा
विचरा, कठैबरा भन्दै पोस्ट गर्नु
हाम्रो मानवता हो?
बलात्कार, हिंसा, हत्या दिनदिनै बढ्दो छ
नेताहरू पैसाको पछाड दौडिन्छन्
आफ्नै देशका जनतालाई बेचेर
शरणार्थी बनाई आफू पैसा कमाउँछन्
सरकारी जग्गालाई आफ्नो बनाई
सकेको जति जनतालाई दुःख दिन्छन्
के यो सब मानवता हराएकै हो ?
आज भोलि मानवमा मानवता छैन
मानवतामा कुनै मानव छैन
अरुको दुःखमा ताली र
खुसीमा गाली गर्छौ हामी आजकाल
अरुको सफलतामा खुट्टा तान्ने
अरुको हारमा रमाउने
यो हाम्रो कस्तो मानवता हो ?
शान्तिनगर, काठमाडौं



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 







