तिमीसँग पत्रकार थियो
उसको गोजीमा क्यामेरा थियो
र बाँसको पुरानो पुल तरेर
पुस्तौँपुस्ता भोगेका कष्ट
आज देख्यौ!
भिडियो बनायौ,
सप्पैलाई देखायौ,
काश, तिम्रो पछिपछि हिँड्ने
पत्रकारको हातमा कागज र कलम
मात्र भा !
त्यो बाँसको पुल तरेर
कार्यालयसम्म पुग्दा नपुग्दै
बिर्सिदिने थियौ
त्यो गाउँका जनताको आवश्यकता ।
त्यसैले त्यो बाँसको पुल राम्रो,
बेलाबेला डोकोमा राहत बोकेर
त आइरहन्छौ ।
फलामे पुल नराम्रो,
उद्घाटन गरेर पाँच वर्षसम्म
कताकता हराउँछौ,
फेरि झुक्याएर भोट माग्नु
टुप्लुक्क आइपुग्छौ,
घरीघरी त्यही बाटो भएर
त्यही फलामे पुल तरेर
आइरहन्छौ ।
बरू,
यो बर्खा जसरी नि
काट्छौ होला,
अब आउने हिउँदमा नयाँ बाँसको
पुल बनाम्ला ।
दार्जिलिङ



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
