१.
सफल
मायालु फल
काफल ।

२.
तिर्सना
हिउँको रूप
बिर्सना ।

३.
जपना
पहाड मन
सपना ।

४.
बिर्सना
हरियो चौरी
सम्झना

५.
उकालो
जीवन युद्ध
ओरालो ।

६.
पहिरो
सामुको नभ
गहिरो ।

७.
कसौँडी
पकाई फल
रहौली ।

८.
पिसाब
राख्यो वनले
हिसाब ।

९.
अमला
गुनिलो चीज
मामला ।

१०.
पर्वत
मान्दछु पानी
सर्वत ।

 

कञ्चनरूप नपा. १२, प्रगतिटोल, सप्तरी