
दिनको उज्यालोमा लुक्छन्
रातको अँध्यारोमा देखिन्छन्
जब साँझ पर्छ
अनि घरकाखुला झ्याल ढोकाबाट भित्र पसेर
कोठा—कोठा, चोटा—चोटा
सबै विचरण गर्छन् चमेराहरू।
स्थिर आकृतिलाई
आफैंतिर आइरहे झैं मान्छन्
कालो छाया देख्दा
तर्साउने भूतझैं ठान्छन्
आफ्नै आँतका साथीहरूसँग
पलपलझस्किरहन्छन्
जीवनका हरेकपल यसरी नै
भ्रम बाँच्छन् चमेराहरू।
अभिनयगर्न साह्रै सिपालु हुन्छन्
प्रकृतिले दिएको आफ्नो स्वरूप
प्रयोग गरेर दुश्मनलाई छक्याउँछन्
हेर्दा चरा जस्ता पनि देखिन्छन्
जन्तु जस्ता पनि लाग्दछन्
किनकिउनीहरू आफैमाभ्रमहुन्
उनीहरू भ्रमकै रूपमा
जन्मेकाहुन्
शक्तिशाली बिरालोले झम्टिँदा
हेर्नुस् बिरालो दाइ!
म त मूसो होइननिभनेर
आफ्नापखेटा देखाउछन् र
सजिलै जोगिन्छन्
हिंस्रक बाजले आक्रमण गर्दा
हेर्नुस् बाजदाइ!
म त चरा होइननिभन्दै
मुखकादाँत देखाउँछन् र
बाजबाटपनि बँच्तछन्
तर म सोच्दछु
बाज र बिरालोसँगै भेटिए भने
साँच्चै के भन्दाहुन् चमेराहरू?
बाज र बिरालोरूपी मान्छेहरू
सँगै भेटिए भने
के गर्दाहुन् चमेरा मान्छेहरू?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 





