शीतल छाया बन्छु भन्यौ, जलाएर गयौ ।
जिन्दगीलाई उराठ बगर बनाएर गयौ ।
बिदाइका हात हल्लाउँदै तिमी टाढा भयौ
हेर्दाहेर्दै यी नजरबाटै तिमी हराएर गयौ।
सँगै बाच्छु भन्यौ, तिमीसँगै मर्छु भन्थ्यौ
केवल सम्झना मात्र दिलमा सजाएर गयौ ।
तिमीसँग संसार भुल्दै सपनाहरू बुनिरहेँ
लत्याउँदै चोखो माया अन्तै रमाएर गयौ ।
तिमीलाई सम्झी नरोएको कुनै पल छैन
लत्याउँदै मायाको संसार रिसाएर गयौ ।
तिमीलाई खुसी देख्न रुन्न भन्छु तर पनि
हरेक पल आँसुको सागरमै डुबाएर गयौ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२१ जेष्ठ २०८३, बिहीबार 










