जल्न चाहने दीपले हावासँग डराउँदैन,
आशा जीवित हुनेले रुँदैन, कराउँदैन।

थाक्लान् पाइला, लडलान् भुइँमा कैयौँ पटक,
तर, ‘सक्दिनँ’ भनेर हरेश खान मनपराउँदैन।

क्षणिक चमक भन्दा आत्मसन्तुष्टि खोज्छ,
स्वार्थ पूरा गर्न अनैतिक कार्य गराउँदैन।

सत्य बोल्ने ओठहरूमा कालो बादल लाग्ला,
तर, भगवानले उनीहरूलाई कहिल्यै हराउँदैन।

मन बेचेर लाभ लिनु जित होइन हार हो,
असल मानिस ईमान बेच्न मनपराउँदैन।

साँचो मुस्कान जन्माउँछ चोटले, सजावटले होइन,
विश्वासको महल सानोतिनो आँधीले ढलाउँदैन।