छुरा रोपेपछि पिठ्युँमा अझै, दुख्यो भन्दै सोध्ने तिमी,
बगेपछि रगतको आहाल, सुक्यो भन्दै सोध्ने तिमी।
ऊ एक मात्रै हैन समरमा, लाखौँ वीर थिए आज,
एक ढल्दा बाँकी सबै डरले, लुक्यो भन्दै सोध्ने तिमी।
एक ढल्दा लाखौँ-लाख उठ्छन्, भन्ने तिमीलाई के थाहा?
अब त बाटोको बाधा अड्चन, फुक्यो भन्दै सोध्ने तिमी।
हिटलर बनी शासन गर्ने, दुस्साहस गर्न खोज्दा,
शासकलाई नि निहत्थाले, थुक्यो भन्दै सोध्ने तिमी।
प्रजालाई कीरा हुन् भन्ने सम्झी, जालभित्रै थुन्न खोज्दा,
यस्तो बृहत् योजना पनि कहाँ, चुक्यो भन्दै सोध्ने तिमी।
व्यवस्थाकै आडमा बाँडीचुँडी, मिलाएर खान खोज्दा,
अन्ततः व्यवस्था नै किन होला, रुक्यो भन्दै सोध्ने तिमी।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२७ कार्तिक २०८२, बिहीबार 




