म छु मृत्यलोकमा, मरेतुल्य भएकी छु शायद
तिम्रै संरचनाभित्र तिमीभित्रै रहेकी छु शायद

स्वप्न देख्ने स्वप्नदर्शी नयन, हृदयकी स्पन्दन
नशा-नशा तन्तुमा प्रेम बनी, बगेकी छु शायद

ती हातले सुम्सुम्यायौ, केश चलायौ मुग्ध भएँ म
तिमीभित्र छुट्टै कथामा आफूलाई, रचेकी छु शायद

तिमीले मृत्युसम्मै मलाई नचायौ, म नाचिरहेँ कतै
घातलाई प्रेम सम्झिंदा, कफनमा सजेकी छु शायद ।

भक्तपुर