प्रख्यात पत्रिका फाइनान्सियल टाइम्सले हरेक वर्ष वितरण गर्ने बिजनेस बुक अफ दि इयर २०२१ का लागि लामो सूची जारी गरेको छ ।

यस वर्ष आयोजकहरूलाई नै चकित तुल्याउने गरी ६०० पुस्तक प्रतिस्पर्धाका लागि आइपुगेका थिए । जसमध्ये १५ वटा पुस्तकलाई लामो सूचीका लागि छुट्याइएको छ ।

सूचीमा ग्रेगोरी जकरम्यान्सको वन सट टु सेभ द वर्ल्ड पुस्तक पनि परेको छ । यसअघि उनले २०१९ मा लेखेको पुस्तक द म्यान हु सल्भ द मार्केट उत्कृष्ट पुस्तकको सूचीमा परेको थियो ।

पुस्तक बजारमा आइनसकेको तर फाइनान्सियल टाइम्सले प्राप्त गरेको पूर्वप्रतिकै आधारमा पनि पुरस्कारका लागि योग्य ठानिन्छ । त्यस्तैमध्ये एक नेट पोजिटिभ पनि यो सूचीमा परेको छ । पुस्तकमा युनिलिभर कम्पनीका पूर्व अध्यक्ष पल पोलम्यानले एउटा ठूलो मल्टिनेसनल कम्पनीले गर्ने साना परिवर्तनका सकारात्मक वातावरणीय, सामाजिक तथा गभर्नेन्सका फाइदाका बारेमा लेखिएको छ ।

यस्तै हामीले दैनिक रूपमा लगाउने जिन्सले विश्वकै फेसन र कपडा उद्योगमा पारेको प्रभावका बारेमा लेखिएको अनट्याङ्गल पनि सूचीमा छ । म्याक्सिन बेडट्सले यो पुस्तक लेखेका हुन् ।

बैंक अफ इङ्गल्यान्डकी पूर्व डेपुटी गभर्नर मोनची सफिकको ह्वाट वि अ इचअदर, जेभियर ब्लास तथा ज्याक फार्चीको सेलिङ द वर्ल्ड, निकोल पार्लोथ्सको सो दे टेल मि द्याट द वर्ल्ड इज गोइङ टु इन्ड पनि सूचीमा छन् ।

द की म्यान यस पटक छोटो सूचीमा पर्ने सम्भावना बढी बोकेको पुस्तक हो । सिमोन क्लार्क र विन लउचले दुबई मुख्य कार्यालय भएको कम्पनीले गरेको अर्बौं डलरको घोटालामाथि पुस्तक लेखिएको छ ।

यस्तै प्याट्रिक राडेन किफ्सको एम्पायर अफ पेन, डन ब्रेज्नित्जको इन्नोभेसन इन रियल प्लेसेस पनि रोचक पुस्तक छन् ।

एड्रियन वुलड्रिजको क्यापिटलजम इन अमेरिका सन् २०१८ मा लामो सूचीमा परेयता लेखेको नयाँ पुस्तक एरिस्टोक्रेसी अफ ट्यालेन्ट पुनः सूचीमा पर्न सफल भएको छ ।

कार्यालयमा हुने विभेदका अनेकन् स्वरूप, न्याय तथा तिनका समाधानमाथि रबर्ट लिभिङस्टोनको द कन्भर्सेसन पनि सूचीमा छ ।

सेदल निलेजको रिमोट वर्क रिभोल्युसन, एलिट ब्राउन र मौरिन भरेलको द वि कल्ट पनि सूचीमा छ ।

यस वर्षको सबैभन्दा रोचक पक्ष चाहिँ फाइनान्सियल टाइम्स बुक अफ दि इयरमा २०११ को प्रख्यात पुस्तक थिङ्क फास्ट एन्ड स्लो सूचीमा परेको थिएन । एक दशकसम्म यो पुस्तक धेरै लेखकहरूले उद्धृत गरेको पुस्तक बन्न पुगेको छ । एक दशकपछि उनै लेखक ड्यानियल कानेमनले ओलिभर सिबोनी र कास सन्स्टेनसँग मिलेर लेखेको पुस्तक न्वाइज भने सूचीमा पर्न सफल भएको छ ।

सेप्टेम्बर २१ मा यी १५ मध्येबाट उत्कृष्ट ६ पुस्तकको छोटो सूची जारी गरिने भएको छ ।

तीमध्ये एउटा पुस्तक फाइनान्सियल टाइम्स बुक अफ दि इयर छानिनेछ । पुरस्कृत पुस्तकले ३० हजार पाउन्ड नगद प्राप्त गर्नेछ । छोटो सूचीमा पर्ने छ वटा प्रत्येक पुस्तकले १० हजार पाउन्ड हात पार्नेछन् ।

वर्ष पुस्तक डिसेम्बर १ का दिन घोषणा गरिने बताइएको छ ।

लामो सूचीका पुस्तकहरूको सूची यहाँ अङ्ग्रेजीमा दिइएको छ ताकि हाम्रा पाठकहरूलाइ पुस्तकका बारेमा इन्टरनेटमा खोज्न सजिलो होस् ।

1. The Cult of We: WeWork and the Great Start-Up Delusion
by Eliot Brown, Maureen Farrell
Mudlark/HarperCollins (UK), Crown (US)

2. The Key Man: How the Global Elite was Duped by a Capitalist Fairy Tale
by Simon Clark, Will Louch
Penguin Business (UK), Harper Business, HarperCollins (US)

3. Noise: A Flaw in Human Judgement
by Daniel Kahneman, Olivier Sibony, Cass R. Sunstein
William Collins (UK), Little, Brown Spark (US)

4. Unraveled: The Life and Death of a Garment
by Maxine Béda
Portfolio/Penguin Random House (UK) & (US)

5. The World for Sale: Money, Power and the Traders Who Barter the Earth’s Resources
by Javier Blas, Jack Farchy
Random House Business, Cornerstone (UK), Oxford University Press (US)

6. Innovation in Real Places: Strategies for Prosperity in an Unforgiving World
by Dan Breznitz
Oxford University Press (UK) & (US)

7. The Conversation: How Talking Honestly About Racism Can Transform Individuals and Organizations
by Robert Livingston
Penguin Business (UK), Currency/Crown (US)

8. The New Climate War: The Fight to Take Back Our Planet
by Michael E. Mann
Scribe (UK), PublicAffairs (US)

9.Remote Work Revolution: Succeeding from Anywhere
by Tsedal Neeley
Harper Business (UK) & (US)

10. This Is How They Tell Me the World Ends: The Cyberweapons Arms Race
by Nicole Perlroth
Bloomsbury (UK) & (US)

11. Net Positive: How Courageous Companies Thrive by Giving More Than They Take
by Paul Polman, Andrew Winston
Harvard Business Review Press (UK) & (US)

12. Empire of Pain: The Secret History of the Sackler Dynasty
by Patrick Radden Keefe
Picador/Pan Macmillan (UK), Doubleday (US)

13. What We Owe Each Other: A New Social Contract
by Minouche Shafik
The Bodley Head, Vintage (UK), Princeton University Press (US)

14. The Aristocracy of Talent: How Meritocracy Made the Modern World
by Adrian Wooldridge
Allen Lane (UK), Skyhorse (US)

15. A Shot to Save the World: The Inside Story of the Life-or-Death Race for a Covid-19 Vaccine
by Gregory Zuckerman
Portfolio (UK) & (US)