पर्सी बिश शेलीको ‘टु अ स्काइलार्क’ सन् १८२० तिर लेखिएको एक अद्भुत गीतात्मक कविता हो, जसले रोम्यान्टिक युगको सौन्दर्य–दर्शनलाई चरम रूपमा प्रस्तुत गर्छ । यस कवितामा स्काइलार्क आत्मिक चेतना, दिव्य प्रेरणा र आदर्श स्वतन्त्रताको प्रतीक बनेर उदाउँछ । कविले स्काइलार्कको गायनमा भौतिक सीमाभन्दा परको शुद्ध आनन्द र मुक्ति अनुभव गर्छन्—त्यो आनन्द जसमा मानवको दुःख, स्वार्थ र बन्धनको छाया छैन ।
स्काइलार्क मानव पीडा र असमर्थताको प्रतीक हो । यसले जीवनमा आउने कठिनाइ, दुःख र संघर्षलाई प्रतिनिधित्व गर्छ । पीडाले चेतना, धैर्य र आत्मसाक्षात्कारको अवसर पनि प्रदान गर्छ । जब व्यक्ति आफ्नो असहायता र पीडालाई स्वीकार्छ र त्यसबाट सिक्ने प्रयास गर्छ, तब मात्र मानसिक शान्ति र आध्यात्मिक समृद्धि सम्भव हुन्छ । मानव पीडा मार्फत चेतना जागृत हुन्छ, आत्म-ज्ञान जगाउँछ र जीवनलाई अर्थपूर्ण बनाउँछ । टु अ स्काइलार्क आध्यात्मिक विकासको मार्गदर्शक हो । ‘टु अ स्काइलार्क’ आत्मा र चेतनाको आरोहणको गान हो । कविले स्काइलार्कलाई दैवी आत्माको प्रतीकका रूपमा चित्रण गरेका छन्—जो भौतिकताभन्दा माथि उठेर शुद्ध आनन्द र सत्यको स्वरमा गुञ्जिन्छ । कवितामा कविको आत्मा स्वतन्त्रताको उत्कर्षमा पुग्छ । स्काइलार्कको संगीत सीमाहीन चेतनाको प्रतीक हो—जहाँ दुःख, लोभ र निराशाको अन्धकार हराउँछ र स्काइलार्क निर्मल आनन्द बाँकी रहन्छ ।
कवितामा शेलीले मानव जीवनको असमर्थता र स्काइलार्कको शाश्वत उल्लासबीचको विरोधाभासलाई दार्शनिक रूपमा प्रस्तुत गर्छन् । मानव पीडामा रमाउँछ, तर स्काइलार्क वर्तमानमा बाँच्दछ । यही भिन्नतामा शेलीको आदर्शवाद उजागर हुन्छ । सौन्दर्य र पीडा जीवनका दुई अविभाज्य छायाहरू हुन् । ‘टु अ स्काइलार्क’ मानव चेतनाको उच्चतम आकांक्षा हो स्वार्थ र भौतिक सीमाभन्दा माथि उठ्ने आत्मिक उडान । स्काइलार्क यहाँ आत्माको मुक्ति, ज्ञानको उज्यालो र शाश्वत सौन्दर्यको प्रतीक बनेर अमर रहन्छ ।
शेलीका दृष्टिमा स्काइलार्क पृथ्वी र स्वर्गबीचको साँघुरो सेतु हो जहाँ ध्वनि आत्मामा रूपान्तरित हुन्छ र चेतना दैवी प्रकाशमा विलीन । कविताको प्रत्येक पङ्क्ति एक आन्तरिक आरोहणजस्तो प्रतीत हुन्छ जसले मानव अस्तित्वको पीडाभन्दा परको अमर आनन्दको संसार देखाउँछ । शेलीले स्काइलार्कलाई ‘आनन्दी आत्मा’ भनेर सम्बोधन गर्दा, उनी वस्तुगत यथार्थ होइन, अवबोधको आदर्श रूप चित्रण गरिरहेका हुन्छन् ।
कविताले मानवीय असमर्थता र प्रकृतिको पूर्णताको भिन्नता उजागर गर्छ । मानव सधैं चाहनामा बाँधिएको छ, तर स्काइलार्क स्वतन्त्र चेतनाको प्रतीक हो । त्यसैले, ‘टु अ स्काइलार्क’ आत्माको मुक्ति र दिव्यता प्राप्त गर्ने मानव आकांक्षाको अमर गीत हो ।
शेलीले आफ्नो कवितामा स्काइलार्क लाई भौतिक नभई आध्यात्मिक अस्तित्वका रूपमा चित्रण गरेका छन् । उनले यस पक्षीलाई स्काइलार्क प्रकृतिको सुन्दर स्वरमा सीमित राखेनन्, बरु त्यसलाई आत्मिक चेतनाको प्रतीकका रूपमा प्रस्तुत गरे । कविले स्काइलार्कलाई शरीर नभएको, तर आत्माको रूपमा देखेका छन्—त्यो आत्मा जसले अनन्त चेतनाको उडान गर्छ र संसारका सीमित भौतिक बन्धनहरूबाट स्वतन्त्र रहन्छ । स्काइलार्क यहाँ शुद्ध आनन्द, शान्ति र अमर प्रेरणाको प्रतीक बनेको छ । कविको दृष्टिमा यो पंक्षी स्वर्गीय अस्तित्व हो, जसले जीवनका दुःख र निराशाबाट माथि उठ्ने ज्ञान प्रदान गर्छ । स्काइलार्कले ईश्वरको अस्तित्व प्रकृतिमै रहेको दार्शनिक मान्यता प्रकट गर्छ ।
शेलीले कल्पना र आदर्शको सौन्दर्यलाई पनि अत्यन्त गहिराइका साथ उतारेका छन् । स्काइलार्कको गायनलाई उनले स्वप्न, आशा र शुद्ध आनन्दको प्रतीक ठानेका छन् । मानव जीवन दुःख, असफलता, असन्तोष र निराशाले भरिएको हुन्छ, किनभने मानव सधैं भविष्य र विगतबीच अल्झिएको हुन्छ । कविताले मानव मनको असन्तुष्टिलाई चित्रण गर्छ ।
कवितामा कला र जीवनको द्वन्द्व स्पष्ट देखिन्छ । स्काइलार्कको गीत स्वतःस्फूर्त, निष्कपट र स्वर्गीय छ । यो कुनै पूर्वनियोजित उद्देश्य वा स्वार्थको अधीनमा छैन । पंक्षीको गीत शुद्ध आनन्द र मुक्त आत्माको प्रतिध्वनि हो, जुन मानव चेतनालाई आध्यात्मिक उचाइमा पुर्याउँछ । यसको विपरीत, मानव कला प्रायः दुःख, पीडा, अनुभव र चाहनाबाट उत्पन्न हुन्छ । मानवले आफ्नो भाव, स्मृति र सामाजिक बन्धनहरूबाट कलालाई आकार दिन्छ, जसले कहिलेकाहीँ व्यक्तिगत स्वार्थ र अहंकारलाई पनि मिश्रण गर्छ ।
शेलीको दृष्टिमा, साँचो कलात्मक अभिव्यक्ति स्वार्थ र दोषबाट मुक्त हुनुपर्छ । यसमा स्काइलार्क सत्य, सौन्दर्य र पवित्रताको प्रतिबिम्ब देखिनुपर्छ । स्काइलार्कको गीत जहाँ प्रत्येक स्वर स्वतःस्फूर्त, पूर्ण र निस्कपट हुन्छ । मानव जीवनमा कलाले यही उद्देश्य पूरा गर्नुपर्छ: व्यक्तिगत इच्छाशक्ति वा लाभभन्दा माथि उठेर आत्मिक सच्चाई र सार्वभौमिक आनन्दलाई व्यक्त गर्नु ।
शेलीले कला र जीवनको सम्बन्धलाई आध्यात्मिक र नैतिक परिप्रेक्ष्यमा विश्लेषण गरेका छन् । यही विचारले कवितालाई दार्शनिक गहिराइ र आध्यात्मिक सौन्दर्य प्रदान गर्दछ । स्काइलार्कले मानव जीवनका अन्धकारपूर्ण पक्षहरूलाई उजागर गर्ने माध्यम हो । स्काइलार्कको गीतको उज्यालो मानव चेतनाको असमर्थता, पीडा र आकांक्षासँगको द्वन्द्व झल्काउँछ । कवि आफैं भन्छन्—
“हाम्रा सबैभन्दा मीठा गीत ती हुन्, जसले दुःखको विचार व्यक्त गर्छ ।”
पंक्तिले शेलीको दार्शनिक दृष्टिकोण स्पष्ट पार्दछ । उनका अनुसार, सौन्दर्य र पीडा अलग–अलग होइनन्; यी दुई अविभाज्य आयाम हुन् । स्काइलार्कले गाउने शुद्ध, निर्भीक र स्वच्छ स्वरले मानव चेतनालाई प्रेरित गर्छ, तर त्यही उज्यालोले मानिसको असफलता, लालसा र असन्तुष्टिलाई झल्काउँछ । मानव जीवन दुःख, असन्तोष, हताशा र क्षणिक सुखले भरिएको छ; त्यसैले स्काइलार्कको पूर्ण आनन्द मानवको लागि पहुँचभन्दा बाहिरको अनुभूति हुन्छ ।
शेलीले स्काइलार्कको गीतलाई आदर्श चेतना र आत्मिक मुक्ति प्रतीकको रूपमा प्रस्तुत गरेर मानवको दार्शनिक अवस्था चित्रण गरेका छन् । मानवले अनुभव गर्ने दुःख, पीडा र असफलता नै जीवनको सौन्दर्यको आधार हो । यसले मानवलाई आत्मचेतन र संवेदनशील बनाउँछ । स्काइलार्कको गीतले यही भावनात्मक द्वन्द्वलाई उजागर गर्दै मानव चेतनालाई शुद्ध आनन्द र आध्यात्मिक उचाइतर्फ मार्गदर्शन गर्छ ।कविताले मानव जीवनको पीडा र सौन्दर्यको अपरिहार्य सम्बन्धलाई र दार्शनिक तरिकाले चित्रित गर्दछ ।
चित्रणको दृष्टिले पनि कविता अत्यन्त प्रभावशाली छ । शेलीले स्काइलार्कलाई आनन्दी आत्माको रूपमा रूपकका माध्यमबाट प्रस्तुत गरेका छन् । शेलीले स्काइलार्कलाई दार्शनिक र स्वर्गीय दृष्टिले चित्रण गर्न रूपकहरूको प्रयोग गरेका छन् । उनले स्काइलार्कलाई विचार, कल्पना र सिर्जनशीलताको प्रतीकको रूपमा प्रस्तुत गरेका छन्, जसले मानिसको चेतनाभन्दा माथि उडान भर्छ । उनी स्काइलार्कको पवित्रता, सौन्दर्य र निष्कपटतालाई सामाजिक र भौतिक संसारको सिमाबाट अलग राखेर आदर्श आत्माको रूपमा देखाउँछन् । यी रूपकहरूले स्काइलार्कको गीत आत्मिक, दार्शनिक र आध्यात्मिक अनुभूतिको प्रतीक हो भन्ने कुरा उजागर गर्छ । यी रूपकहरूले स्काइलार्कको आत्मा, गीत र मुक्त उडानको दिव्यता उजागर गर्छन् । यसले मानव चेतनामा छाप पार्दै, पाठकलाई स्काइलार्क दृश्यात्मक आनन्द मात्र होइन, आध्यात्मिक अनुभूति पनि प्रदान गर्छ ।
“टु अ स्काइलार्क” रोम्यान्टिक युगको सौन्दर्य, प्रकृतिप्रेमको प्रतीक, मानव चेतना र आत्मिक उन्नतिको शाश्वत सङ्गीत बनेको छ । साँचो स्वतन्त्रता, आनन्द र प्रकाश स्काइलार्क भौतिक इच्छाहरूमा होइन, आत्माको शुद्धिकरण र उच्चतम चेतनामा भेटिन्छ । कवितामा शब्दहरू मात्र होइन, विचार, विवेक र आत्माको गुञ्ज सुनिन्छ । शेलीले मानवको पीडा र असन्तोषलाई स्वीकार्दै पनि त्यसलाई आत्मिक आनन्द र आदर्शताको दिशामा रूपान्तरण गर्ने मार्ग देखाएका छन् ।
“टु अ स्काइलार्क” मानव जीवन, चेतना र आत्मिक मुक्ति प्रति एक दार्शनिक, संगीतात्मक र आध्यात्मिक काव्य हो, जसले पाठकलाई स्काइलार्क सुन्न नभई अनुभव गर्न र आत्मसात् गर्न प्रेरित गर्छ । स्काइलार्कको गीतमा मानव चेतनाको अनन्त सम्भावना र आत्मिक आरोहणको प्रतिध्वनि गुञ्जिन्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 




