रङ्गभेदको तीतो यथार्थ व्यहोरेकी अमेरिकी महिला साहित्यकार टोनी मोरिसनको जीवन संघर्षपूण रह्यो । शिक्षाको उज्यालो बाटो र सक्रियताले गर्दा आफ्नो लक्ष्य प्राप्त गर्न उनलाई कुनै वाद वा दर्शनको सहारा लिनु परेन । त्यसो गरेको भए शायद उनको कार्यक्षेत्र साँघुरो हुने थियो । न उनी नारीवादी थिइन् न कुनै वादप्रति उनको आग्रह वा पूर्वाग्रह नै थियो ।
अमेरिकी अश्वेत साहित्यकार टोनी मोरिसन १८ फेब्रुअरी १९३१ मा संयुक्त राज्य अमेरिकाको ओहायो राज्यमा पर्ने लोरेन शहरको अफ्रो–अमेरिकन श्रमिक परिवारमा जन्मेकी थिइन् । उनको न्वारानको नाउँ च्लोए अन्थोनी ओफोर्ड हो । उनी बाबु जर्ज ओफोर्ड र आमा रमाहका चार सन्तान मध्ये माइली थिइन् । मोरिसन दुई वर्षकी हुँदा आफ्नो परिवारले समयमा भाडा तिर्न नसक्दा घरधनीले उनी बसेको घरमा आगो लगाई दिएको तीतो स्मरण उनको मनस्थितिमा ताजै थियो । रङ्गभेदको कारणले नै उनको परिवारले अनेकौँ दुख सहन गर्नुपथ्र्यो । बाबु आमाले उनलाई अफ्रिका र अमेरिकाका दन्त्यकथा तथा भूतका कथाहरू सुनाउने गर्थे । बाल्यकालमा मोरिसन जेन अस्टेन र लियो तल्सतोइका रचनाहरू पढ्थिन् ।
मोरिसनले वाशिङ्टन डी.सी.को होवार्ड युनिभर्सिटीबाट स्नातक गरेकी थिइन् । कलेज जीवनमा नै उनले जातीय भेदभावको तीतो अनुभव गरी सकेकी थिइन् । युनिभर्सिटीको नाटक समूहमा आबद्ध भई काम गर्दा उनले कसरी छालाको कालो रङ्गका आधारमा मानिसलाई जातीय विभाजन गरिन्छ भन्ने कुरा प्रत्यक्ष अनुभव गरेकी थिइन् । अङ्रेजी विषयमा स्नातक भएपछि स्नातोकत्तर डिग्री हासिल गर्न उनी करनेल युनिभर्सिटीमा भर्ना भइन् । सन् १९५५मा स्नातक भएपछि उनी टेक्सास साउदर्न युनिभर्सिटीमा अध्यापन गर्न लागिन् । त्यसपछि उनी प्रोफेसर भई होवार्ड युनिभर्सिटी फर्किन् । होवार्ड युनिभर्सिटीमा अङ्रेजी विषय अध्यापन गरिरहँदा ह्यारोल्ड मोरिसनसँग उनको विवाह भएको थियो । सन् १९६० पछि उनी -यान्डम हाउसमा उपन्यास सम्पादकको रूपमा नियुक्त भएकी थिइन् । दुई सन्तान भएपछि सन् १९६४ मा ह्यारोल्डसँग उनको सम्बन्ध विच्छेद भयो । होवार्ड युनिभर्सिटीमा सात वर्ष अध्यापन गरेपछि सिराक्युज स्थित ¥यान्डम हाउस प्रकाशन गृहको पाठ्यपुस्तक शाखामा काम गर्न उनी न्यूयोर्क गइन् । दुई वर्षभित्रै कम्पनीको न्यू योर्क सिटीस्थित शाखा कार्यालयमा उनको सरूवा भयो । त्यहाँ उनले आख्यान र अफ्रिकन–अमेरिकन लेखकका कृतिहरू सम्पादन गर्न लागिन् ।
प्रकाशन गृहमा आफू कार्यरत भएता पनि उनले आफ्नो पहिलो उपन्यास सबैभन्दा नीलो आँखा ९त्जभ द्यगिभकत भ्थभ० सन् १९६९ मा मात्र प्रकाशित गराइन् । यो गोराहरूको सुन्दरताको पहिचान निला आँखा र गोरोपनबाट पीडित अश्वेत किशोरीको कथा हो । आफ्ना पुस्तक पाठकहरू माझ सफल हुँदै गएपछि उनले प्रकाशन गृहको काम छोडिन् र पूर्णकालीन लेखक भइन् । उनले उपन्यास, निबन्ध र नाटकहरू लेखिन् । सन् १९८७ मा उनले एक अफ्रो–अमेरिकी दास महिलाको वास्तविक कथामा आधारित उपन्यास बिलभ्ड लेखिन् । यो पुस्तक दुई वर्षभन्दा बढी अवधिसम्म बेस्ट सेलर बन्यो र यसले पुलिट्जर पुरस्कार सहित अनेकौँ पुरस्कारहरू जित्यो ।
समालोचकहरूले प्रशंसा गरेको उनको सोलोमनको गीत (Song of Soloman,1977) ले नेशनल बुक क्रिटिक सर्कल एवार्ड प्राप्त गरेको थियो । सन् १९८८ मा उनले पुलिट्जर प्राइज र उनको कृति प्रिय (Beloved,1987) को निम्ति अमेरिकन बुक एवार्ड जीतेकी थिइन् । उपन्यास मार्फत अमेरिकी जीवनको वास्तविकता उदाङ्गो पारेको भन्दै उनको प्रिय (Beloved,1987) कृतिका लागि उनलाई सन् १९९३ को नोबेल पुरस्कार प्रदान गरिएको थियो । साहित्यतर्फको नोबेल पुरस्कार पाउने उनी पहिलो अश्वेत महिला हुन् । अक्टोबर ७, १९९३ मा नोबेल पुरस्कारको घोषणा हुँदा बब डाइलन र लुइस ग्लकपछि यो पुरस्कार प्राप्त गर्ने तेस्रो अमेरिकी अश्वेत महिला साहित्यकार टोनी मरिसनको नाउँ उल्लेख भएको थियो । उनी नोबेल पुरस्कार जित्ने पहिलो र एकमात्र सम्मानित अमेरिकी अश्वेत महिला हुन् ।
उनी उपन्यासको अतिरिक्त नाटक र बाल साहित्यकारको रूपमा पनि चर्चित छन् । उनले साहित्यमा पुलिट्जर पुरस्कार बाहेक अनेकौँ पुरस्कार र मेडलहरू प्राप्त गरिन् । उनले प्रेसिडेन्ट बाराक ओबामाबाट प्रेसिडेन्सियल मेडल अफ फ्रीडम प्राप्त गरेकी थिइन् । सन् २०१६ मा विगत पच्चिस वर्षको अवधिका अमेरिकी उपन्यासहरू मध्ये सन् १९८७ मा प्रकाशित उनको बिलभ्ड (Beloved) उपन्यासलाई सर्वश्रेष्ठ मानिएको थियो । उनका कृतिहरूबाट लेखक केह् ब्राउन र रिच बेन्जामिन देखि कमला ह्यारिस र बाराक ओबामा जस्ता पाठकहरू बढी प्रभावित छन् ।
सुला (Sula,1973), टार बेबी (Tar Baby, 1981), जाज (Jazz, 1992), स्वर्ग (Paaradise, 1998), अ मर्सी (A Mercy, 2008), प्रेम (Love, 2003), घर (Home, 2012), ईश्वरले बालकको रक्षा गर्छन् (God Help the Child, 2015) आदि उनका अन्य कृतिहरू हुन् । उनका वक्तव्य र निबन्ध जस्ता गैरआख्यान रचना र संस्मरणहरू पनि छन् ।
अफ्रिकी अमेरिकी जीवन र जातीय सम्बन्धमाथिको आफ्नो आलोचनात्मक दृष्टिकोण नै मोरिसनको लेखनको केन्द्रियता थियो । सन् १९९८ मा बिलभ्डमाथि चलचित्र बन्यो । मोरिसन प्रिन्सटन युनिभर्सिटिभीमा क्रियटिभ राइटिङ् प्रोग्रामकी प्रोफेसर पनि थिइन् । उनलाई अक्सफोर्ड विश्वविद्यालयबाट मानार्थ डक्टरेट डिग्री प्रदान गरिएको थियो ।
मोरिसनले आफ्ना कृतिहरूमा अश्वेत महिलाहरूमाथि भएको दुब्र्यवहार, शोषण र विभेद बारे केन्द्रित भई लेख्ने गरेको भएता पनि उनी नारीवादी साहित्यकार भने होइनन् । उनी आफ्नो परिकल्पनालाई सङ्कुचित बनाउन चाहन्नन् । उनको बुझाइमा ढोका बन्द गर्नुभन्दा सबै ढोकाहरू खुल्ला राख्नु समान पहुँचको आधार हो ।
उनी प्रिन्सटन युनिभर्सिटीकी अवकाश प्राप्त प्रोफेसर थिइन् । उनलाई राष्ट्रपति ओबामाको कार्यकालमा २९ मे २०१२ मा प्रेसिडेन्सियल मेडल अफ फ्रीडम प्रदान गरी सम्मान गरिएको थियो । उनले विभिन्न मुलुकहरूबाट ३० भन्दा बढी पुरस्कार र सम्मान पत्र प्राप्त गरेकी थिइन् । ५ अगस्त २०१९ मा न्यु योर्कको मोन्टेफिओर मेडिकल सेन्टरमा ८८ वर्षको उमेरमा निमोनियाबाट उनको देहान्त भएको थियो । उनको देहान्तमा विश्वका साहित्यकारहरूले मन, मष्तिस्क र भौतिक उपस्थितिमा उहाँप्रति श्रद्धाञ्जली अर्पण गरे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२ चैत्र २०८२, सोमबार 










