योगेन्द्र तिमिल्सिनाको उपन्यास “अक्कर”को परिचर्चा कार्यक्रम गत भाद्र २३ गते शनिवार ह्वाइट माउन्टेन स्कुल, धापासी, काठमाडौंमा सम्पन्न भएको छ ।

प्रा. गङ्गाधर कट्टेलले अध्यक्षता गर्नु भएको सो कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराइले पानसमा बत्ती वाली समुद्घाटन गर्नु भएको थियो । प्रा.डा. शैलेन्दुप्रकाश नेपाल तथा प्रा. ज्ञानु अधिकारीले उपन्यासमाथि आ–आफ्नो समीक्षा प्रस्तुत गर्नु भएको थियो ।

प्रा. शैलेन्दुप्रकाश नेपालले उपन्यास सामाजिक यथार्थवादमा आधारित भएको र यसले देशका विभिन्न ठाउँबाट बसाइँ सराई हुँदै काठमाडौंमा केन्द्रित हुनुपर्ने अवस्था प्रस्तुत गरेको बताउनु भयो । प्रा. ज्ञानु अधिकारीले सामाजिक द्वन्द्वलाई न्यूनीकरण गर्न समन्वयात्मक बाटो लिनुपर्ने र प्रतिस्पद्र्धात्मक क्षमताको विकास गर्नुपर्ने कुरा उपन्यासले निर्देश गरेको बताउनु भयो ।

कार्यक्रममा प्रा.डा. गोविन्दराज भट्टराई तथा प्रा. गङ्गाधर कट्टेलले पनि आ–आफ्नो मन्तव्य प्रस्तुत गर्नुभएको थियो । उपन्यासकारले वार्ताको क्रममा उठेका जिज्ञासाहरु माथि आफ्नो धारणा राख्नु भएको थियो ।