वाल्टर इसाक्सनद्वारा लिखित इलन मस्कको जीवनीसहित अन्य ५ वटा पुस्तकहरू फाइनान्सियल टाइम्सको बिजनेस बुक अफ दि इयर सूचीमा परेको छ ।

पुरस्कार समितिकी अध्यक्ष तथा फाइनान्सियल टाइम्सकी सम्पादक रोउला खलाफले पुरस्कारका लागि छानिएका ६ पुस्तक रोचक र महत्त्वपूर्ण विषयमाथि लेखिएको मात्र नभई भविष्यको व्यावसायिकताका लागि निकै कामलाग्दो रहेको बताएकी छन् ।

३० हजार पाउन्ड पुरस्कार राशिका लागि भिडिरहेका पुस्तकमा म्याटेरियल वर्ल्डः द सब्सान्सियल स्टोरी अफ आवर पास्ट एन्ड फ्युचर (एड कोनवे), राइट काइन्ड अफ रङः ह्वाई लर्निङ टु फेल क्यान टिच अस टु थ्राइभ (एमी एडमन्डसन), हाउ बिग थिङ्स गेट डनः द सरप्राइजिङ फ्याक्टर्स बिहाइन्ड एभ्री सक्सेसफुल प्रोजेक्ट फ्रम होम रिनोभेसन्स टु स्पेस एक्स्प्लोरेसन (बेन्ट फ्लाइब्जर्ग र डान गार्नडर), इलन मस्क (वाल्टर इसाक्सन), कोबाल्ट रेडः हाउ द ब्लड अफ द कंगो पावर्स आवर लाइभ्स, द कमिङ वेभः एआई, पावर एन्ड द ट्वेन्टी-फस्ट सेन्चुरीज् ग्रेटेस्ट डिलेमा (मुस्तफा सुलेमान) जस्ता पुस्तक रहेका छन् ।

विजेता पुस्तकको घोषणा डिसेम्बर ४ का दिन घोषणा गरिनेछ । साथै, छोटो सूचीमा परेका हरेक पुस्तकले १० हजार पाउन्ड पुरस्कार जित्ने छन् ।