रसियाली क्रान्तिकारी साहित्यकार निकोलाइ अलिक्सीभिच अस्त्रोभ्स्की तत्कालिन रुसको युक्राइन प्रदेशमा पर्ने भिलिया नामकफ गाउँको एउटा ज्यामी परिवारमा २९ सेप्टेम्बर १९०४ मा जन्मेका थिए । उनका बाबु अलेक्सेइ इभानोभिच अस्त्रोभ्स्की अन्नको रक्सी बनाउने भट्टीमा काम गर्थे भने आमा ओल्गा ओसिपोभ्ना अस्त्रोभ्स्की चाहिँ गन्यमान्य धनाढ्यका घरमा लुगा धुने, भाँडा माझ्ने र लुगा सिउने काम गरेर नगन्य आय आर्जन गर्थिन् । सानो आम्दानीबाट ती गरिब बाबु आमाले आफ्नो चार सन्तानको पालन पोषण गर्नुपर्थ्यो । सन् १९१३ मा उनले भिलियाको स्कुलबाट आफ्नो प्रारम्भिक शिक्षा पूरा गरे । सन् १९१५ मा अस्त्रोभ्स्की भिलियाबाट युक्रेनको शेपटोभ्का शहरमा गई रेल्वे स्टेशनमा काम गर्न थाले । यो रेल्वे स्टेशन वार्सा र किएभ रेल्वे लाइन एक आपसमा जोडिने ठुलो जङ्कसन थियो । उनले त्यहाँको इन्टिग्रेटेड लेबर स्कुलमा अध्ययन गरेका थिए । विधार्थी जीवनमा उनी जेस्मा फेनिमोर कूपर, वाल्टर स्कट र जुल्स बर्नेका रोमान्सेली र साहसी कथाका पुस्तक पढ्न रुचाउँथे । सन् १९२१ मा उनले किएभ इलेक्ट्रो मेकानिकल टेक्निकल सेकेण्डरी स्कुलमा  नाउँ लेखाए, तर कमजोर स्वास्थ्यको कारणले एक वर्षपछि उनले स्कुल छोडे । त्यसपछि उनले अध्ययनलाई निरन्तरता दिन सकेनन् ।

उनी अत्यन्त परिश्रमी र साहसी व्यक्ति थिए। रसियाली कान्तिताक १३ वर्षको उमेरमा दिनको १४ घण्टा रेल्वेस्टेशनको रेष्टुरामा काम गर्ने अस्त्रोभ्स्की गरिबी र श्रमको राम्ररी बुझ्दथे। चौध वर्षको उमेरमा उनी युक्रेनमा श्वेत रक्षक (White Guard) विरुद्ध युद्धमा अग्रसर भए। युक्रेन प्रदेशबाट युवक साम्यवादी सङ्घ (Komsomol) सदस्य हुने उनी पहिलो युवक थिए १५ वर्षको उमेरमा उनी घरबाट भागेर गृहयुद्धमा सामेल भएका थिए । युद्धमा उनी नराम्रोसँग घाइते भए । उनको दाहिने आँखो अन्धो भयो, तैपनि उनले आफूलाई साम्यवादी सङ्घर्षमा पूर्ण रूपले होमी दिए।

इस्पात कसरी कठोर पारियो (llow the Steel was Tempered) उनको सुविख्यात कृति हो । यो उपन्यास प्रथम विश्वयुद्ध र रसियाली गृहयुद्धकलाको यथार्थ 1 पृष्ठभूमिमा आधारित छ । यस पुस्तकको रचनामा अस्त्रोभ्स्कीले साम्यवादको उच्च आदर्श र अनुशासन पालना गरेका छन्। उनी साम्यवादी विचारधारामा पूर्ण रूपले समर्पित थिए। उनी भन्छन्, एउटा वास्तविक विचारधारामा समर्पित मानिस मानिस हुन्छ, किनभने उ पृथकतामा नभई सम्पूर्णतामा बाँचेको हुन्छ। उनको अर्को महत्त्वपूर्ण कृति ‘बर्न अफ द स्टोर्म’ हो।’

‘इस्पात कसरी कठोर पारियो’ को मुख्य पात्र पाभेल कोर्चागिन वास्तवमा लेखककै प्रतिविम्ब हो। साम्यवादी आदर्शको निम्ति ऊ आफ्नो चरित्रलाई सुदृढ र कठोर बनाउँदै लैजान्छ । ऊ भन्छ, मानिसको निम्ति सबैभन्दा प्यारो वस्तु उसको जीवन हो। यो मानिसलाई एकै पटक मात्र प्राप्त हुन्छ । तसर्थ जीवन कसरी बाँच्नु परोस् भने भविष्यमा विगतका दिनहरू उद्देश्यहीन बाँच्नु परेकोमा पश्चात्ताप गर्न नपरोस् र मर्ने बेलामा भन्न सकियोस्, सम्पूर्ण जीवन र शक्ति सन्सारमा सर्वश्रेष्ठ मानवताको मुक्ति युद्धप्रति समर्पण गरियो । अन्धो विवश र दुर्बल अवस्थामा पनि पात आत्महत्या गर्न चाहँदैन, तर दृढ भएर भन्छ, “जीवन असह्य भएकै बेला मानिसले ब क्षमता राख्नुपर्दछ । यस उपन्यासको मुख्य पात्र पाभेल कोर्चागिन साम्यवादी लक्ष प्राप्त गर्न गोर्कीको विख्यात कृति आमाको मुख्य पात्र पाभेल भ्लासोभ झैँ एक बहादुर चरित्र भएको छ। सोभियत साहित्यमा अबोधकीले पुर्‍याएको महत्त्वपूर्ण योगदानका लागि उनलाई अर्डर अफ लेनिन पुरस्कार प्रदान गरिएको थियो।

बाँचुन्जेलसम्म रसियाली पुनर्निर्माणका काममा उनी सधैँ जुटिरहे । आफ्नो जीवनकालको अन्तिम आठ वर्षसम्म उनी पूरा अन्धा भए र ३२ वर्ष पुग्ने बित्तिकै २२ डिसेम्बर १९३६ क्राइस्टाब्दमा क्षयरोगबाट मस्कोमा उनको मृत्यु भयो।