
योगेन्द्र तिमिल्सिना
न कसैसँग कुनै गुनासो,
न त कुनै पश्चात्ताप
न कुनै पुरस्कार न तिरस्कार
न त उल्लास, न निराश,
न कुनै उत्साह, न हतास ।
छु त सधैँ निरामय,
त्यसैले सन्तोष छु ।
भू उपग्रहभित्र मेरो साइज कत्रो छ र !
न जोड, न घटाउ, न कुनै हिसाब किताब
बिजगणितले दिने उत्तरमा न शब्द छ, न सङ्ख्या !
मेरो निरापद सोच त्यही बिजगणित हो
न यसले कुनै अर्थ दिन्छ, न समाधान
न मलाई अर्थ चाहिन्छ, न परिणाम ।
म जे छु, छँदैछु
निर्बिघ्न पाइला चालिरहेछु
बिना कुनै लक्ष्य अघि बढिरहेको छु
म
अन्त्यहीन यात्रामा ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२८ जेष्ठ २०८३, बिहीबार 










