आजीवन सदस्य धीर भण्डारी
3 रचनाहरू
धीर भण्डारी अर्थशास्त्री, अनुसन्धानकर्ता, प्रशिक्षक तथा साहित्यकार हुनुहुन्छ । उहाँले त्रिभुवन विश्वविद्यालयबाट नेपाली र अर्थशास्त्रमा स्नातकोत्तर तथा सिक्किम मणिपाल विश्वविद्यालयबाट दिगो विकास (सस्टेनेबल डेभलपमेन्ट) मा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको छ । राष्ट्रिय वाणिज्य बैंकमा विभिन्न जिम्मेवारी सम्हालेपछि उहाँ परामर्श, अनुसन्धान, तालिम तथा विकास व्यवस्थापनका क्षेत्रमा सक्रिय रहनुभएको छ । सहकारी, सुशासन, जीविकोपार्जन, कृषि, वैदेशिक रोजगार, प्राकृतिक स्रोत व्यवस्थापन र संस्थागत विकाससम्बन्धी दर्जनौँ अध्ययन, तालिम तथा परामर्श कार्यको नेतृत्व गर्नुभएको छ ।
साहित्यमा उहाँ उपन्यास, आत्मविकास, समाजचिन्तन तथा अनुवाद विधामा कलम चलाउनुहुन्छ । उहाँका प्रकाशित कृतिमा परिवर्तनकारी जीवनदृष्टि, परिवर्तनकारी कार्यशैली, मृतात्माको डायरी, समृद्धि विज्ञान, अभिभावक शिक्षा तथा अनूदित कृतिहरू संसारको सबैभन्दा महान् सेल्सम्यान, संसारको सबैभन्दा महान् चमत्कार, पेम्बाको स्वर्ग र लि क्वान यू रहेका छन् । उहाँका लेख, कथा तथा समसामयिक रचनाहरू विभिन्न पत्रपत्रिका र अनलाइन माध्यममा नियमित प्रकाशित हुँदै आएका छन् ।
