प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई झम्सिखेल, पुल्चोक, ललितपुरस्थित होपफुल हराइजन नेपाल प्रा. लि. मा मानसिक स्वास्थसम्बन्धी सेवाहरूमा विशेष छूट प्रदान गर्न दुई पक्षीय समझदारी भएको छ ।
एक समारोहका बीच होपफुल हराइजन का तर्फबाट डा. प्रकृति प्रधान (Consultant Psychiatrist) र प्रभु बैंकका तर्फबाट प्रमुख मार्केटिङ अफिसर रमेशकुमार श्रेष्ठले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गर्नुभयो ।
उक्त समारोहमा प्रभु बैंकका प्रिभिलेज बैंङ्किङ प्रमुख, अञ्जु बस्नेतको पनि उपस्थिति थियो ।
छूट सुविधा प्राप्त गर्न बैंकका ग्राहकहरूले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्डमध्ये कुनै एक होपफुल हराइजन नेपाल प्रा. लि. मा पेश गर्नुपर्ने छ ।
होपफुल हराइजन नेपालको एक दक्ष एवं अनुभवी विषेशज्ञहरूको टोलीद्वारा निजी क्षेत्रबाट सञ्चालित मानसिक स्वास्थ्य सेवा प्रदायक संस्था हो । यस संस्थाले सबै उमेर समूहका लागि विभिन्न किसिमका मानसिक स्वास्थसम्बन्धी सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ ।
त्यसैगरी, ग्राहकहरूको रोजाइको अग्रणी बैंकका रुपमा रहेको तथा “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरू, २८६ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकहरूलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ । यस बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
२१ जेष्ठ २०८३, बिहीबार 









