साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

प्रभु बैंक र त्रिशूली रिभर साइड रिर्सोटका बीच छुट सम्झौता

Chovar Blues Mobile Size

साउन २० गते प्रभु बैंक लिमिटेड र त्रिशूली रिभर साइड रिर्सोटका बीच विभिन्न सेवाहरूमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकका तर्फबाट गजुरी शाखा कार्यालय प्रमुख दीपक सिम्खडा र त्रिशूली रिभर साइड रिर्सोटका तर्फबाट प्रोप्राइटर उद्धव कँडेलले सो सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

प्रभु बैंक र उक्त रिर्सोटबीच सम्पन्न सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहकहरूले त्रिशूली रिभर साइड रिर्सोटद्वारा सञ्चालित “फुड”, “वेभरेज” र “लजिङ” सेवामा मिति २०७९ साउन २५ गते देखि १० प्रतिशत छुट प्राप्त गर्नु हुनेछ ।

सो सम्झौताअन्तर्गत त्रिशुली रीभर साइड रिर्सोटमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरूले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरू प्रयोग गरी भुक्तानी गर्दा, त्रिशूली रिभर साइड रिर्सोटका उल्लेखित सेवाहरूमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरू लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको जारी विज्ञप्तिमा जनाइएको छ ।

sagarmani mobile size
प्रतिक्रिया
Loading...