
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि. को आ.व. २०८०/०८१ को आठौं वार्षिक साधारण सभा मिति २०८१ चैत्र ८ शुक्रबार अनमोल बैंक्वेट, नयाँ बानेश्वर, काठमाडौँमा सम्पन्न भयो । कम्पनीका अध्यक्ष रतन लाल केडियाको अध्यक्षतामा सञ्चालन भएको साधारण सभामा सभाध्यक्षले स्वागत मन्तव्य राख्नुको साथै वार्षिक विवरण समेत पेश गर्नुभयो ।
कम्पनीको आठौं वार्षिक साधारण सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आ.व. ०८०/८१ वार्षिक प्रतिवेदन सहित सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लि. को आ.व. ०८०/८१ को लेखापरिक्षण प्रतिवेदन तथा वित्तीय विवरण पारित गरेको छ । साथै सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम विद्यमान चुक्ता पूँजी रु.४,९५,३०,६५,२२४।– (अक्षरेपी चार अर्ब पन्चानब्बे करोड तीस लाख पैंसठ्ठी हजार दुई सय चौबीस मात्र) को ८ प्रतिशतका दरले हुने रकम रु.३९,६२,४५,२१८।– (अक्षरेपी उनन्चालिस करोड बैसाठी लाख पैंतालिस हजार दुई सय अठार मात्र) बराबरको नगद लाभांश (बोनस शेयर तथा नगद लाभाशंमा लाग्ने कर सहित) वितरण गर्ने साथै विद्यमान चुक्ता पूँजीको १.२४८९ प्रतिशतका दरले हुने रकम रु.६,१८,५८,८३२।– (अक्षरेपी छ करोड अठार लाख अन्ठाउन्न हजार आठ सय बत्तीस मात्र) बराबरको बोनस शेयर वितरण गर्ने सम्बन्धि प्रस्ताव पारित गरेको छ ।
बोनस शेयर तथा नगद लाभांश वितरण पश्चात हुने शेयर संरचना बमोजिम जारी पूँजी र चुक्ता पूँजी वृद्धि गरि रु.५,०१,४९,२४,०५६।– (अक्षरेपी पाँच अर्ब एक करोड उनन्चास लाख चौबीस हजार छपन्न) पु-याउने र सोहीबमोजिम कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । त्यसैगरी आ.व. ०८१।०८२ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको प्रस्तावसमेत पारित गरेको छ ।
यसैगरी कम्पनीका रजिष्टर्ड कार्यालय का.जि.का.म.न.पा.१०, नयाँ बानेश्वरबाट परिवर्तन गरी का.जि.का.म.न.पा. ०१, नक्साल, काठमाण्डौं कायम गरि सोहि बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।
मन्तव्यकै क्रममा कम्पनीका अध्यक्षले यस कम्पनिको मूल्य मान्यता एवं अवलम्बन गरिएको कुशल व्यावसायिक नीति संस्थागत सुशासनको सफल कार्यान्वयन तथा कम्पनीमा कार्यरत दक्ष जनशक्तिको कार्यदक्षताले सर्वसाधारण सेवाग्राहीबीच आफ्नो पृथक् पहिचान स्थापित गर्न प्रतिबद्ध रहेको जानकारी गराउनुभयो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले कम्पनीले गुणस्तरीय तथा विश्वसनीय व्यवसायको सम्पूर्ण परिसूचकहरूमा निरन्तर वृद्धि गरी आएको छ र आगामी वर्षमा पनि यस कम्पनीलाई गुणस्तरीय तथा दीर्घकालीन व्यवसाय मार्फत जीवनबीमा क्षेत्रमा अलग पहिचान दिलाउने अथक् प्रयास रहेको जानकारी गराउनुभयो । मर्जरमा आएका चुनौतीहरूलाई धैर्यपूर्वक व्यवस्थापन गर्दै कम्पनीलाई एक सबल, सक्षम कम्पनीको रुपमा सञ्चालन गर्दै आइरहेको व्यहोरा उल्लेख गर्नुभयो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

सानिमा रिलायन्सद्वारा बाजुराका विद्यार्थीहरूलाई शैक्षिक सामग्री राख्ने झोला वितरण
