पानीपोखरीस्थित शुक्रा हाउस डाइग्नोस्टिक एण्ड वेलनेस सेन्टर प्रालि र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई शुक्रा हाउस डाइग्नोस्टिक एण्ड वेलनेस सेन्टर प्रालि सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
एक समारोहका बिच शुक्रा हाउस डाइग्नोस्टिक एण्ड वेलनेस सेन्टर प्रालिका तर्फबाट प्रमुख व्यवस्थापक रोजिका प्रधान र प्रभु बैंक लिका तर्फबाट चिफ प्रोभिन्स अफिसर, बागमती प्रदेश दीपेन्द्र बाबु बिष्टले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गर्नुभएको छ ।
सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरू, कार्ड प्रयोगकर्ताहरू, कर्मचारी तथा कर्मचारीका पारिवारजनले शुक्रा हाउस डाइग्नोस्टिक एण्ड वेलनेस सेन्टर प्रालिमा उपचार सेवा लिँदा इन–हाउस रुटिन टेस्टमा २५ प्रतिशत छुट, इन–हाउस स्पेसलाइजेसनमा २० प्रतिशत छुट, आउटसोर्समा १० प्रतिशत छुट र एक्स–रे, USG, ECG, ECHO मा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरूले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्डमध्ये कुनै एक पेस गर्नु पर्ने छ ।
Results where matters मूल नाराका साथ जेठ ३ गतेका दिन औपचारिक रुपमा काठमाडौंको मुटु पानीपोखरीस्थित शुक्रा हाउस डाइग्नोस्टिक एण्ड वेलनेस सेन्टर प्रा.लि.को स्थापना गरिएको थियो ।
यस संस्थाले आफ्नो सेवाग्राहीको स्वास्थ्यलाई मध्यनजर गर्दै विभिन्न किसिमका गुणस्तरीय ल्याब परीक्षण, मल्टी स्पेशलिटी विशेषज्ञ परामर्श सेवा, एक्स रे, यु.एस.जि., इसिजी र फार्मेसी आदि सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ । यस संस्थाले मानवतालाई पहिलो प्राथमिकतामा राख्दै उत्कृष्ट गुणस्तर, सबैभन्दा सही निदान र परीक्षणलाई किफायती लागतमा प्रदान गर्न समर्पित छ । अरु ल्याबभन्दा छुट्टै गुणस्तरीय सेवाको पहिचान बोकेको यस संस्थाको ल्याबभित्र पनि प्याथोलोजिस्ट, माइक्रोबायोलोजिस्ट, बायोकेमिस्टका विभिन्न वरिष्ठ विशेषज्ञ टोलीहरू आबद्ध छन् ।
त्यसैगरी, ग्राहकहरूको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०६ शाखा कार्यालयहरू, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरूलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै, छोटो समयको अन्तरालमा नै फिनाकल इन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।