प्रभु बैंक लि. द्वारा नगदरहित भुक्तानी प्रणालीका लागि मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–०४, कागबेनीमा “कागबेनी मन्दिर श्राद्धस्थल व्यवस्थापन समिति”लाई क्युआर स्ट्याण्ड उपलब्ध गराएको छ ।
बहुचर्चित धार्मिकस्थल कागबेनीमा विशेषगरी बडादसैँ र चैतेदसैँ अघिको सोह्रश्राद्ध तथा औँसी तिथिमा दिवंगत आफन्तहरूको नाममा पिण्डदान र तर्पणका लागि वर्षेनी नेपाल र भारतबाट करिब ११ हजार बढी भक्तजनको यस क्षेत्रमा आवागमन हुने गरेको छ । पिण्डदान गर्दा दिवंगत भएकाहरूले मुक्ति पाउने धार्मिक विश्वास छ ।
हिमाल पारिको जिल्ला मुस्ताङको विभिन्न गाउँपालिकामा सात वटा मात्र शाखा कार्यालयमार्फत सम्पूर्ण बैँकिङ सेवा उपलब्ध गराइरहेको प्रभु बैँक, मुस्ताङ जिल्लाको वित्तीय पहुँचका लागि सारथी बन्ने गरेको छ ।
मुस्ताङ जिल्लाको समुन्नत आर्थिक विकास तथा समृद्धिका लागि प्रभु बैँकले वित्तिय सेवा मात्र नभएर वित्तीय सचेतना तथा समाजिक उत्तरदायित्व निर्वाहमा समेत विशेष ध्यान दिएको छ । यसैबीच नगदरहित भुक्तानी प्रणालीमा विशेष जोड दिइरहेको प्रभु बैँकले कागबेनीमा भक्तजनहरूको सहजीकरणका तथा सुविधाका लागि कागबेनी मन्दिर श्राद्धस्थल व्यवस्थापन समितिलाई एक समारोहका बिच क्यु आर स्ट्याण्ड उपलब्ध गराएको हो ।
प्रभु बैंकका नेपालभर ३०१ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 










