प्रभु बैंक लिमिटेडका ग्राहकहरूलाई स्काइवाक टावरको टिकट खरिदमा छुट दिन प्रभु बैंक लिमिटेड र वन्डर्स नेपाल प्रा.लि.बिच दुई पक्षीय समझदारी भएको छ । सो समझदारी पत्रमा प्रभु बैंक लिमिटेडको तर्फबाट प्रमुख मार्केटिङ अफिसर रविन्द्र ढकाल र वन्डर्स नेपाल प्रा.लि. (स्काइवाक) का तर्फबाट कार्यकारी निर्देशक पदमप्रसाद न्यौपानेले आफ्ना ग्राहक वर्गलाई अतिरिक्त लाभ दिने उद्देश्यसहित गरेको यस सम्झौतामा प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले यो सुविधा दुई वर्षसम्म उपभोग गर्न पाउने छन् ।

सम्झौताअनुसार प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूले कमलादीस्थित वन्डर्स नेपाल प्रा.लि.को स्वामित्वमा रहेको स्काइवाक टावरको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउने छन् । छुटसुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरूले टिकट खरिद गर्दा प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्डमध्ये कुनै एक पेश गर्नुपर्ने छ । प्रभु बैंकद्वारा यस किसिमका ग्राहक लक्षित छुट तथा अन्य सुविधा सम्झौताहरू देशभरका विभिन्न अस्पताल, रेष्टुरेन्ट, होटल, पार्लर, डिपार्टमेन्टल स्टोरहरू लगायत अन्य व्यापारिक एकाईमा समेत भएको बैंकले जनाएको छ ।

स्काइवाक टावर ७८ दशमलव पाँच मिटर अग्लो छ र यस टावरबाट उपत्यकाको तीनसय ६० डिग्रीमा द्दश्यावलोकन गरी मनोरञ्जन लिन सकिन्छ ।

प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरू, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय बैकिङ तथा वित्तीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

यस बैंकले विश्वभरबाट रेमिटान्स सेवा दिँदै रेमिटान्स खातामार्फत उच्च व्याजदरमा सेवा दिँदै आइरहेको छ ।