बिहानीकाे भुकभुके समय थियाे । सडकमा फाट्टफुट्ट गाडी चलेका देखिन्थे । प्रष्ट आकृति नदेखिने कालाे छायाले मलाई टक्क अडायाे । म पनि अदृश्य रूपमा माेटरसाइकल राेकेर त्यस दृश्यलाई नियाल्दै थिएँ ।
“हैन, याे सब केहाे हँ ? कतै मेराे दृष्टिभ्रम त हाेइन ?” मलाई थप सङ्काेच लाग्याे ।
एकछिनपछि निस्पट्ट स्थानमा एक्कासी ठुलाे श्वासकाे विस्फाेट भएजस्ताे लाग्याे । विपरीत दिशाबाट हुइँकिएकाे एक बसकाे प्रकाशले त्याे कुनेटाे स्थानकाे चर्तिकला प्रष्ट देखियाे । छेकबारका लागि त्यहाँ एक माेटरसाइकल पनि राखिएकाे रहेछ ।
“ढिला भयाे, यस्ताे विकृतिका धब्बालाई अवलाेकन गरेर के भयाे खै ?” भन्दै कक्षा सञ्चालन हुने बेला भएकाले म आफ्नाे साधन गुडाउन थालेँ ।
“कतै याे बाध्यात्मक अनैतिक क्रियाकलापकाे उपज त हाेइन ?” भन्दै एक पटक विचार गरेँ । त्यस्ताे रहेनछ भन्ने कुरा
त्यहाँकाे वातावरणले सङ्केत गरेकाे देखिएकाले म आफ्नाे बाटाे लाग्ने सुर कसेँ ।
किनकिन मेराे दृष्टि पुन: त्यतैतिर धकेलियाे । त्यहाँ त त्याे छायाकाे चित्रमा धुलाे टकटक्याउँदै एकअर्काकाे प्रेमिल रतिरागसँगै त्याे छेउकाे माेटरसाइकल चल्न थाल्याे ।
“कस्ताे दृश्य याे ?” मनले थप प्रश्न गर्दै थियाे ।
हेर्दाहेर्दै माेटरसाइकल चल्याे । नम्बर …… रहेछ, प्रष्ट देखियाे । दुवै त्यस माेटरसाइकलमा लुटपुटिँदै बसे । पछाडिकाे बसाइले अगाडिकाे चालकलाई बाँधेकाे थियाे । मेराे कल्पना आफ्नाे सन्तान र समाजका छाेराछाेरीसँग ठाेकियाे । “यी क्रियाकलाप कसरी हुन जान्छन् हँ ?” भन्दै म त्यहाँबाट बुर्कुसी मारेँ ।
शिक्षालयमा पुग्दा छ्याङ्ग उज्यालाे भइसकेकाे थियाे । हतारहतार माेटरसाइकल अठ्याउँदा त उही कम्मरपेटीकाे दृश्यमा माेटरसाइकल नम्बर देखा पर्याे । के गरूँ के नगरूँ म त अवाक् भएँ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला