विजयध्वज थापाको “हिजो आज” मुक्तकसङ्ग्रह, रुद्र अधिकारीको “विघटित सपना” र “उदाङ्गो क्षितिज” दुई मुक्तकसङ्ग्रह र रविन्द्र आशिष शैलीको “मध्यान्तर” मुक्तकसङ्ग्रह नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति श्री गङ्गाप्रसाद उप्रेतीबाट प्रतिष्ठानकै कार्यालयमा विमाेचित भएका छन् ।

उक्त विमाेचन कार्यक्रममा प्रतिष्ठानका प्राज्ञहरु सदस्य सचिव जगत् प्रसाद उपाध्याय, डा.हेमनाथ पौडेल, डा.देवी नेपाल र डा.उषा ठाकूर, गजलमाली ज्ञानुवाकर पौडेल, साहित्यकार त्रिपुरा पौडेल र वरिष्ठ साहित्यकार ठाकुर शर्मालगायतकाे   उपस्थिति थियो ।

कार्यक्रममा गजलमाली ज्ञानुवाकर पौडेल र वरिष्ठ साहित्यकार ठाकुर शर्मा भन्डारीले मुक्तकका बारेमा छोटो मन्तव्य राखेका थिए । कार्यक्रमकाे अन्तमा कुलपति उप्रेतीले सबैलाई बधाई दिँदै, कोरोनाको कारणले छोटो कार्यक्रम गर्नु परेको र यो नै आफ्नो कार्यकक्षमा अन्तिम विमोचन कार्यक्रम भएको बताएका थिए । साथै, आगामि दिनमा सभाहलमा नै विमोचन कार्यक्रमहरू गरिनेसमेत कुलपतिले बताएका थिए ।