म अमेस्ट्रडाम शहरको गल्लीमा भौँतारिइरहेको छु,
रेडलाइट क्षेत्रको गल्लीहरूमा, निर्लज्ज !
म देह किनमेल गर्न आएको होइन,
उनीहरू वस्तु होइनन् , अनुहार हेरिरहेछु,
विवशता देख्छु उनीहरूका आँखामा ।
मलाई नियालिँदैछ, एक दुर्लभ वस्तुझैं,
तर म बिक्रीमा छैन ।
संसारले मलाई साट्न चाहन्छ, तौल्न चाहन्छ,
मलाई पगाल्न चाहन्छ,
तर मेरो इमानदारी कामुकतामा साटिँदैन,
पुष्ट नितम्ब अनि चौडा छातीमा पग्लिँदैन ।
आधुनिक सजावटहरूले चम्केको छ उनीहरूको शरीर,
कामुक पहिरनले गल्लीको तापक्रम बढेको छ,
मूल्यट्यागहरू बोल्छन्, गल्छन् धेरै मनहरू
तर मेरो मौनता तिनका प्रस्तावभन्दा बढी अमूल्य छ ।
म त बजार पार गर्दैछु, बस् ।
न त बेच्न, न त किन्न,
म त एक यात्रु — सम्पूर्ण, स्वतन्त्र, विवाहित ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
१४ असार २०८३, आईतवार 










