सन्दर्भ : विश्व रक्तदाता दिवस (१४ जुन २०२५)
२०८२।०२।३१
अहिलेसम्म रगत फल्ने, रुख कतै छैन
मानव नै श्रोत यस्को, तिमी यति जान
रक्तदान सबैभन्दा, महा – पुण्यदान
नब्बे दिन कट्नासाथ, गरौँ रक्तदान
रगतको छैन जात, छैन कुनै घर्म
लिङ्ग वर्ग कतै छैन, छैन कतै शर्म
मानव नै स्रोत यस्को, तिमी यति जान
नब्बे दिन कट्नासाथ, गरौँ रक्तदान
आफ्लाई पर्दा मरिहत्ये, अपखरो गर्ने
दान गर्न डराएर, सधैँ पछि सर्ने
मानव नै श्रोत यस्को, तिमी यति जान
नब्बे दिन कट्नासाथ, गरौँ रक्तदान
पिसाब भई खेरजाने, शरीरको रगत
थालिहालौँ आजैदेखि, दान गर्न रगत
बिना सट्टा, बिना रकम, हाम्रो अभियान
नब्बे दिन कट्नासाथ, गरौँ रक्तदान ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२८ जेष्ठ २०८३, बिहीबार 










