भारतका पूर्व राष्ट्रपति डा. ए पि जे अब्दुल कलाम फाउन्डेसनद्वारा उहाँको ९३ औं जन्म जयन्तीको अवसरमा आयोजित अन्तर्राष्ट्रिय कवि सम्मेलन तथा अन्तर्राष्ट्रिय स्रष्टा सम्मान कार्यक्रमका अवसरमा प्रोफेसर मोहम्मद रमजान अली मियाँलाई सो सम्मान प्रदान गरिएको छ ।
कतारबासी नेपाली तथा गैर आवासीय नेपाली संघका कानुनी सल्लाहकार एवं कतारस्थित राष्ट्रिय मानवअधिकार आयोगमा नेपाली समुदायका प्रतिनिधि प्रोफेसर मोहम्मद रमजान अली मियाँलाई यस वर्षको अरबी साहित्य तथा समाजसेवा सम्मान पुरस्कार प्रदान गरिएको हो।
सो सम्मान हाउडाको ऐतिहासिक टाउन हलमा मेघालय संसद्का सभामुख थोमस ए साङ्गमाको हातबाट प्रदान गरिएको थियो ।
कार्यक्रममा पश्चिम बङ्गाल राज्यका भिन्न मन्त्रालयका मन्त्री तथा राज्य मन्त्री लगायत हाउडाका मेयर डा. रतिन चक्रवर्तीको पनि उपस्थिति रहेको थियो । प्रोफेसर मियाँ करिब डेढ दशक भन्दा बढी कतारमा नेपाली समाजका विभिन्न सामाजिक कार्यहरूमा संलग्न रही त्यहाँ रहेका आम श्रमिकको हितमा काम गर्दै र गैह्र अरबीलाई अरबी भाषाको शिक्षा दिंदै आउनु भएको छ । उहाँका हालसम्म ४० वटा कृति प्रकाशित छन् । मियाँ यसअघि पनि कतार लगायत विभिन्न देशमा आफ्नो विधामा सम्मानित भइसक्नु भएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 










