![](https://sahityapost.com/wp-content/uploads/2021/10/j.jpg)
साताका पुस्तकका रुपमा साहित्यपोस्टलाई प्राध्यापक मोहम्मद रमजान अली मियाँको पुस्तक “मैले देखेको कतार” प्राप्त भएको छ ।
गैरआख्यान विधाको यस पुस्तकलाई ‘कतारमा नेपाल’ खण्ड १ मा १६ थान शीर्षक, ‘कतारमा कतार’ खण्ड २ मा २२ थान शीर्षक, ‘नेपाल कतार’ खण्ड ३ मा ६ थान शीर्षकमा प्रस्तुत गरिएको छ ।
प्रकाशकीयमा कमल ढकाल लेख्छन्, “संसार सुन्दर छ । कारण – संसारमा सुन्दर मान्छेहरू छन् । संसार सुन्दर छ । कारण – संसारमा सुन्दर प्रकृति छ । संसार सुन्दर छ । कारण – संसारभरिका मान्छे संसारभरिकै मान्छेलाई खुसी बनाउन लागिपरेका छन् । दुःखका कुरा मात्रै कति गर्ने ? सुखका कुरा पनि गरौँ । विपनाका सपनाका कुरा गरौँ । आशाको कुरा गरौँ । आशा नै सकारात्मकताको बिउ हो । सकारात्मक कुरा गरौँ । कल्पनालाई योजनामा, योजनालाई व्यवहारमा ल्याएर धेरै मान्छेले धेरै कुरा सिर्जना गरिदिएर नै संसारमा हामी सुन्दर भएर हिँड्न पाएका छौँ । यो पुस्तकमा यिनै विषय-वस्तुहरू छन् ।”
लेखकीयमा लेखिएको छ, “कतारको वैभव बढाउन खटिने नेपालका लागि कतारले पनि केही गर्न चाहन्छ । नेपाल पनि कतारको विकासको सहयात्री बन्न इच्छुक छ जुन कुरा आम नेपाली श्रमिकका कडा परिश्रम तथा योगदानबाट झल्किन्छ । त्यसैले मैले भन्ने गरेको छु, ‘नेपालले कतार बनायो, अब पालो कतारले नेपाल बनाउने’ ।”
घोस्ट राइटिङ नेपालले प्रकाशन गरेको ४ सय ९० पृष्ठको पुस्तकको मूल्य ७ सय ५० (हार्ड कभर – १ हजार ५ सय) रुपियाँ रहेको छ ।
![पोस्ट पेज – लेखको तल 1st (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/11/1200-100_GIF.gif)
![पोस्ट पेज – लेखको तल 2nd (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/12/Digital-Fraud-900X100-px.gif)
![पोस्ट पेज – लेखको तल 3rd (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/12/1000x100.gif)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
![](https://sahityapost.com/wp-content/uploads/2023/03/fonepay_payments_fatafat.png)
![](https://sahityapost.com/wp-content/uploads/2023/03/png.png)
र यो पनि पढ्नुहोस्...
![](https://sahityapost.com/wp-content/uploads/2023/04/sataka-pustak-new-1-baisakh-768x384.png)
साताका पुस्तक : ओझाकाे ‘बेग्लै आकाश’देखि प्याकुरेलकाे ‘खटप्वाल’सम्म
![](https://sahityapost.com/wp-content/uploads/2023/03/sataka-pustak-new-chaitra-17-768x384.png)
साताका पुस्तक : पाैड्यालकाे ‘तादी किनारको गीत’देखि सुदिप अर्यालको ‘क्रान्ति’सम्म
![](https://sahityapost.com/wp-content/uploads/2022/09/sataka-pustak-new-23-9-2022-768x394.jpg)